देशको मुख्य मुद्दा ओली हैन, ओली प्रवृत्ति हो : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली प्रवृत्तिलाई काँध थाप्ने काम गर्न नहुने बताउनु भएको छ ।

उहाँले ट्वीट गर्दै भन्नु भएको छ- ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो। व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्। तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो। अग्रगमनको मुख्य वाधक हो।

यो एउटा पार्टीको मुद्दा मात्र हैन। कुनैपनि वहानामा यसलाई कॉध थाप्ने गल्ती नगरौं ।’