नेकपा बैठकः केन्द्रीय कमिटीको बैठक सर्याे, ओलीले नयाँ प्रस्ताव पेश गर्ने

काठमाडौं, ३ मंसिर । नेकपाको स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक सरेको छ । बुधबार बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी र केन्द्रीय समितिको बैठक मंसिर २५ गतेलाई सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

त्यस्तै १३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुले पनि प्रस्ताव पेश गर्ने जानकारी गराएका छन् ।
बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता श्रेष्ठले राष्ट्रपति बिद्यादेवी भण्डारी तथा चिनियाँ राजदूतको भूमिकालाई आफुले हस्तक्षेपका रुपमा नलिएको बताएका छन् ।