चुनावमा धाँधली भएको छैन भन्ने निर्वाचन सुरक्षा अधिकारीलाई ट्रम्पले गरे बर्खास्त

एजेन्सी, ३ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी निर्वाचनको सुरक्षाको जिम्मेवारीमा रहेका साइबर सुरक्षा तथा पुर्बधार सुरक्षा एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेका छन् ।

अमेरिकाका पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावमा धाँधली भयो भनेर गरेको आरोप खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले क्रिसले यस बर्षको अमेरिकी निर्वाचन अमेरिकी इतिहासमै सुरक्षित रहेको बयान दिएपछि बर्खास्त गरेका हुन् ।

क्रिसले निर्वाचनमा कुनै भोट हटाइएको, परिवर्तन गरिएको र कुनै अनियमितता भएको प्रमाण नभएको बताएका थिए । उनेल एक विज्ञप्तिमा अमेरिकाको निर्वाचन अहिलेसम्मकै सुरक्षित रहेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणाम स्वीकार नगरिरहेको अवस्थामा सुरक्षा प्रमुखले नै कुनै धोकाधडी नभएको बताएपछि उनलाई बर्खास्त गरेका छन् ।