पछिल्लो समय देखिएको विवाद समाधान गर्ने हेतुले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले भेटघाट गरेका छन् ।
प्रचण्ड निवास खुमलटारमा आज विहान यो भेट भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।
यो भेटमा पछिल्ला राजनीतिक घटनाक्रम बारे नै चर्चा भएको बताइएको छ ।
बुधबारका लागि पार्टीका स्थायी समितिका सदस्यहरुले बैठक बोलाए पनि यसलाई सार्नु पर्ने पक्षमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली रहेका छन् । तर, यो बैठक बस्नु पर्ने पक्षमा प्रचण्डपक्षका नेताहरु छन् ।
एकअर्कासँग आरोप प्रत्यारोपमा लागेका दुई अध्यक्षले यो विवाद समाधान गर्न भन्दा आआफ्ना अडानमा आफूहरुलाई कायम राखेका छन् ।