सुनसरी र धनकुटाका २ जना कोरोना संक्रमितको मृ त्यु

काठमाडौ । सुनसरी र धनकुटाका थप दुईजना कोरोना संक्रमितको मृ त्यु भएको छ ।

धनकुटाको भेडेटारका वर्षीय पुरुष र सुनसरी बराह क्षेत्र नगरपालिकाकी ४४ वर्षीय महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृ त्यु भएको हो ।

७२ वर्षीय पुरुष स्वास्थ्यमा समस्या भएपछि शनिबार अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

४४ वर्षीय महिला भने आज (आइतबार) मात्रै अस्पताल भर्ना भएकी थिइन् । मिर्गौलामा समस्या भएकी उनको बिहान सवा ९ बजे मृ त्यु भएको हो ।-अनलाइन खबर