गाई पुजा गर्दा कमल थापा भावविह्वल

काठमाडौं, ३० कार्तिक । राप्रपाका अध्यक्ष कमल थापा आज गाईको पूजा गर्दा भावविह्वल भएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो लेखेका छन् ।

उनले पार्टी एकताको नाममा राप्रपाको लोकप्रिय र सर्वाधिक उपयुक्त चुनाव चिन्ह गाई गुमाउनु पर्दाको पीडा फेरि एकपटक बोध भएको पनि लेखेका छन् ।

उनले लेखेका छन्,”आज गाई पुजा गर्दा भाव विह्वल भएं। पार्टी एकताको नाममा राप्रपाको लोकप्रिय र सर्वाधिक उपयुक्त चुनाव चिन्ह ‘गाई’ गुमाउनु पर्दाको पिडा फेरि एकपटक वोध भयो। हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीकोलागि ‘गाई’ चिन्ह ठीक हुन्छ भनेर पशुपतिजी र प्रकाशजीलाई सहमत गराउन नसक्नु मेरै कमजोरी हो।”