आसुरी प्र’वृत्ति बढ्यो : पूर्वराजा

पाल्पा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले आसुरी प्रवृत्ति बढिरहेकाले आफूले देश र जनताको कल्याणका लागि दैवी शक्तिको आराधना गरिरहेको बताएका छन् । उनले शुक्रबार पाल्पामा आयोजित कार्यक्रममा भने, ‘यो समय नै त्यस्तो छ। अलिकति आसुरीहको बाहुल्य भएको छ। त्यसैले फेरि दैवी शक्तिलाई आराधना गर्नुपर्ने समय आइरहेको छ।’

पूर्वराजा शाह केही दिनदेखि पश्चिम नेपालको भ्रमणमा छन्। उनले अहिलेको अहिलेको परिस्थिति अप्ठ्यारो रहेको बताए । उनले भने, ‘अहिलेको परिस्थिति अलिक अप्ठ्यारो हो। सबैले महसुस गरेकै छन्। तर, आशाचाहिँ राखिछोड्नुपर्छ।’

उनले भित्री मनदेखि राष्टियता जगाउनुपर्ने धारणा राख्दै भने, ‘यो जगाउने काम सबै मिलेर गर्नुपर्छ। अहिले फुटाउने काम गर्नु हुँदैन।’ उनले जस्तोसुकै परिस्थिति भए पनि नेपालीहरु एक ढिक्का भएर बस्नुपर्नेमाजोड दिए। उनले भने, सबै नेपालीमा भाइचारा राख्नु पर्छ। म जहिल्यै त्यसका लागि प्रार्थना गर्छु।’

सोही क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार दोस्रो पटक भ्रमण गरेका छन्। पाल्पा दरबार नजिकैको भगवती मन्दिरमा पूजापाठसमेत गरेका छन्। श्रोत – नेपालसमयबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.