तानसेन–रिडी सडक आजदेखि दैनिक १३ घण्टा बन्द हुने

बुटवल । पाल्पा जिल्लाको बर्तुङ–रिडी तम्घास सडकमा आजदेखि दैनिक १३ घण्टा सवारी आवागनम बन्द गरिएको छ ।
सडकको हार्थोक–मालमुल–जोर्ते खण्डमा मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको सडक कार्यालय पाल्पाले जनाएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले आज (मंगलबार)देखि कार्तिक २७ गते बिहीबारसम्म र मंसिर २ देखि १३ गतेसम्म दैनिक १३ घण्टा सवारी आवागमन बन्द रहने सूचना जारी गरेको छ । सडक बन्द भएपछि तानसेनबाट गुल्मी जाने र गुल्मीबाट तानसेन–बुटवल आउने सवारी साधनहरु प्रभावित हुनेछन् ।

कार्यालयका अनुसार बिहान ३ बजेदेखि ६ बजेसम्म र बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ४ बजेसम्म, साँझ ७ बजेदेखि ८ बजेसम्म, साँझ ९ बजेदेखि १२ बजेसम्म सडक बन्द रहने छ ।
यी समयबाहेक अन्य समयमा भने सवारी आवागमन यथावत संचालन हुने जनाइएको छ ।-रातोपाटी