किन चढ्छन् किम जोङ उन सेतो घोडा? यस्तो छ रहस्य (भिडियो हेर्नुहोस्)

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सधैं सेतो घोडामा सवार हुन्छन् । उनका यस्ता तस्वीर र भिडियोहरु बारम्बार सार्वजनिक भै रहन्छन् । यसको पनि अनौठो रहस्य छ ।

बास्तवमा त्यो रहस्य नभएर एक बिश्वास हो । किम सेतो घोडा मन पराउँछन् । उनलाई सेतो आफूलाई शुभ हुने बिश्वास छ । त्यसैले उनी सेतो घोडा चढ्छन् । उनको तवेलामा धेरै घोडा भएपनि उनको प्यारो घोडा भने यही सेता घोडा हो ।

पछिल्लो पटक किम घोडचढीका चर्चामा सबैतिर भएको छ । उत्तर कोरियाद्धारा सार्वजनिक भएको एक भिडियोमा किमले घोडामा चढेर पवित्र मानिने पेक्तु पर्वतको भ्रमण गरेको देखिएको छ ।

भिडियोमा किमले पोख्त रुपमा घोडा चढेको देखिएको छ । २ हजार सात सय ४४ मिटर उचाइमा रहेको सो पर्वतमा दुई महिनाको अवधिमा किम दोस्रो चोटी पुगेको जनाइएको छ ।

कोरियाली प्रायद्वीपकै सबैभन्दा उच्च पर्वतलाई कोरियालीहरु पवित्र मान्छन् ।