कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने भन्ने हल्ला चलिरहेका बेला बोर्डका अध्यक्ष पौडेलले भर्खरै दिए यस्तो जानकारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा अनलाइनबाट नहुने भएको छ ।

बोर्डले अनलाइन माध्यमबाट गर्न नसकिने जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिए पनि यसबारे कुनै तयारी नगरेको बोर्डका अध्यक्ष प्रा।डा चन्द्रमणि पौडेलले बताएका छन्।परीक्षा सञ्चालन कार्यविधिमा अनलाइन प्रविधिबाट परीक्षा गराउने विषय नसमेटिएको भन्दै उनले अनलाइनबाट परीक्षा गराउने कुनै सम्भावना पनि नरहेको जानकारी दिए।

अनलाइन माध्यमबाट परीक्षा गराउने निर्देशनबारे बोर्डमा कुनै आधिकारिक जानकारी नभएको पनि उनले बताए। कक्षा–१२ को परीक्षा यही मंसिर ९ गतेबाट सञ्चालन हुँदै छ।