चार पो र्न स्टारले नेशनल पार्कमा सुट गरे भिडियो, हुनेछ का रवाही

मेक्सिकोका केही एडल्ड एक्टर्सले एक नेशनल पार्कमा रहेको ग्रिजाल्वा नदी नजिकै केही तस्बिर र भिडियो बनाएका छन्, तत्पश्चात् यी सबै स्टार्स निकै चर्चामा आएका छन् । एडल्ट एक्टर एलेक्स मेरिनले तीन अन्य पोर्न स्टार मिया मरिन, जिजेल मोटेन्स र यामीलेश रामिरेजसँग मिलेर गत हप्ता केही तस्बिर र भिडियोको यो नदीको लोकेशन राखेर सेयर गरेका छन् ।

एलेक्स मेरिनले सोसल मिडियामा आफ्ना तस्बिर र भिडियोको विषयमा कुराकानी गरेकी छिन् र आफ्ना फलोअर्ससँग सानो क्लिप पनि सेयर गरेकी छिन् जसमा यी सबै कलाकार सुमिदेरो घाटी नजिकै देखिए । एलेक्सको यो ट्वीट प्रशंसकबीच निकै भाइरल भइरहेको छ । यद्यपि, एलेक्सले यो वि वादित ट्वीट पछि डिलिट गरेकी छिन् ।

एलेक्सको ट्वीटमा लेखिएको थियो, ‘के चलिरहेको छ साथी, हामी क्यानयान जाँदै छौं केही यस्ता हट तस्बिर लिनका लागि जुन कसैले पनि अहिलेसम्म लिएका छैनन् होला । सुमिदेरोको ग्रान्ड क्यानयोनमा मोडल र नायिकाले यस्तो प्रकारको तस्बिर र भिडियो खिचेको पहिलो पटक हुनेछ ।’

यद्यपि, एलेक्सले पछि यो ट्वीटलाई केही समय पछि आफ्नो प्रोफाइलबाट हटाएकी थिइन् ।

यी पो र्न स्टारको व्यवहारले मेक्सिकोको सरकारी एजेन्सी निकै रुष्ट छ । नेशनल कमिशन अफ प्रोटेक्टेड नेचुरल एरिया नाम भएको यो एजेन्सीले मेक्सिकोको संरक्षित क्षेत्रको रेखदेख गर्छ । यो एजेन्सीले यी पो र्न स्टारको व्यवहारको कडा आलोचना गरेको छ ।

एजेन्सीले भनेको छ, ‘यौ नजन्य सामग्रीले भरिएको फिल्मले यो आइकोनिक लोकेशनको इमेजमा क्षती पुर्याएको त छ नै यसले सामाजिक पतन पनि देखाउँछ । ’

रिपोर्टका अनुसार यी पोर्न स्टारलाई यसका लागि कारवाही पनि गर्न सकिनेछ । यद्यपि, एक अधिकारीले भने यो विवादका कारण यो पार्क पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने र कोरोनाका कारण यो क्षेत्रको पर्यटनमा भएको हानीको भरपाई हुन सक्ने बताएका छन् ।

यस्तै सेन्ट्रल चियेपास होटल असोसिएशनका अध्यक्षले स्थानीय मिडियासँगको कुराकानीमा यसलाई सकारात्मक तरिकाले हेर्ने हो भने यो एक तरिकाले यो सुन्दर स्थानको प्रामोशन नै हो । यी कलाकार यहाँ यसकारण आएका थिए किनभने यो निकै सुरक्षित स्थान हो र उनीहरुले यो लोकेशनलाई प्राकृतिक सुन्दरताका कारण छानेका होलान् ।’

स्मरण रहोस् सुमिदेरो घाटी मेक्सिकोको एक चर्चित पर्यटन केन्द्रको रुपमा लोकप्रिय छ र यहाँ जनावरका दुर्लभ प्रजाति पनि पाइन्छन् । यहाँ रेनफरेस्ट र ग्रासल्याण्ड पनि देख्न सकिन्छ ।

स्मरण रहोस्, जिजेल, एलेक्स मरिन र मिया मरिनको सोसल मिडियामा धेरै नै फलोअर्स छन् र उनीहरु इन्स्टाग्राममा आफ्ना तस्बिर र भिडियो सेयर गरिरहन्छन् ।