प्रधानमन्त्री ओलीले माधव नेपालसहित पूर्वएमालेका ४ नेतासँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित पूर्वएमालेका ४ जना नेतासँग बालुवाटारमा छलफल गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका हुन् ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र दिएका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लो चरण पार्टीमा देखिएको विवादकै विषयमा उनीहरुसँग छलफल गर्न खोजेको स्रोतको भनाइ छ ।-अनलाइनखबर