चितामा राखेकाे कोरोना स‌क्रमितकाे श वमा र गत देखिएपछि…

विराटनगर । विराटनगरमा कोरोना संक्रमणबाट मृ त्यु भएका व्यक्तिको शवलाई चितामा राखेर जलाउन खोज्ने क्रममा गत देखिएपछि मृ तकका आफन्तले तीन घण्टासम्म शव जलाएनन् ।

विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय कपडा व्यापारीको मंगलबार बिहान न्यूरो अस्पताल विराटनगरको कोभिड १९ अस्पतालमा मृ त्यु भएको थियो । मृ त्युपछि नेपाली सेनाको शव व्यवस्थापन टोलीले मंगलबार दिउँसो करिब १२ बजे विराटनगर हाटखोलामा रहेको परमबिश्रान्ती घाटमा बनाइएको चितामा शव राखिदिएको थियो । तर शव हेर्दा अनुहारमा र गत देखिएपछि आफन्तले शवबाट मानव अंग निकालेको आ शंकामा चितामा आगो लगाउन अस्वीकार गरेका थिए ।

छोरा महावीर रौनियारका अनुसार बुबाको श व दिउँसो १२ बजे नेपाली सेनाको टोलीले घाटमा लगिदिएको थियो । ‘मृ त्यु हुँदाको समयमा बुबाको शरीरमा र गत थिएन,’ मृतकका छोरा महाबीरले भने, ‘तर चितामा अन्तिम पटक बुबाको मुख हेर्दा रगत देखिएपछि आशंका लागेर दागबत्ती नदिएका हौं ।’

अस्पतालको चिकित्सकको टोलीले मुखबाट र गत आएको र रगत आउने कारण बताएपछि आफन्तले तीन घण्टापछि मात्रै शव जलाएका थिए ।

न्यूरो अस्पतालका डाक्टर अनिल मेहताका अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको नाक र मुखबाट रगत आउन सक्छ । फोक्सोमा समस्या हुँदा रगत जमेर निस्कन सक्ने उनले बताए । रगत आउन सक्ने कारण बताएपछि आफन्तले अन्तिम संस्कार गरेको उनले बताए ।

१४ कात्तिकमा कोरोना पोजेटिभ देखिएका पुरुषको मंगलबार बिहान ३ः५० मा न्यूरो अस्पतालको कोभिड १९ अस्पतालमा मृ त्यु भएको थियो ।-हरि अधिकारी/Onlinekhabar