भर्खरै कोरोना जितेका पर्यटनमन्त्री भट्टराई विश्वकै अग्लो तिलिचो ताल पुगेर फोटो सेसन

काठमाडौ । केही दिन अघि मात्र कोरोना मुक्त भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई विश्वकै अग्लो तिलिचो ताल पुगेका छन्। उनले सामाजिक सञ्जाल फेसवुकमा त्यहाँ पुगेका तस्बिर सार्वजनिक गर्दै त्यस बारेमा जानकारी दिएका छन् ।

शनिबार पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, मनाङका सांसद पाल्तेन गुरुङसहित मन्त्री भट्टराई तिलिचो पुगेका छन् । भट्टराईले सार्वजनिक गरेको सामुहिक तस्बिरले पनि सो कुराको पुष्टि गरेको छ ।

मन्त्री भट्टराई गत असोजमा अन्तिमा कोरोना संक्रमित भएका थिए। तिलिचो ताल पुगेर मन्त्री भट्टराईले अन्तरिक तथा बाह्य पर्यटकलाई कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा अवलोकनका लागि तिलिचो तालमा आएको बताएका छन् ।
तिलिचो ताल पुग्नको लागि मनाङ जिल्लाको राजधानी चामेबाट केही माथिसम्म गाडीमा र त्यसपछि १ दिनको पैदलयात्रा गर्नुपर्छ।

फेसवुकमा तस्बिर सार्वजनिक गर्दै मन्त्री भट्टराईले लेखेका छन्, विश्वकै अग्लो स्थानमा रहेक़ो मनांग ज़िल्लामा अवस्थित तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा हो । स्थलगत अबलोकनकाक्रममा थप प्रवर्द्धन गर्नु पर्ने साथै पुर्बाधारको विस्तार गर्नु पर्ने महसुस भयो । यसमा तत्काल केहि कदम चालिने छ ।

हाल बर्षमा करिब ५ लाख केजी स्याऊ बिक्री गर्ने र केहि वर्ष पछि करिब २० लाख केजी उत्पादन र बिक्री गर्न सक़्ने क्षमताको हिमालय स्याऊ फार्म र फ्यक्ट्रीको अवलोकन अनुकरणीय लाग्यो । माननीय पल्तेन गुरूँगजीको नेतृत्वमा यो सबै भैरहेको कुरा सबैका लाग़ी थप उत्साहको बिषय हो ।

अन्नपूर्ण र मनास्लु हिम श्रेंग़खलाको काखमा रहेको मनांग ज़िल्ला भौगोलिक विविधता र प्रकृतिक सुन्दरताले भरिपूर्ण छ । धन्यवाद माननीय पाल्तेनजी, स्थानीय जनप्रतिनिधिज़्यूहरू, सिडिओ, एसपी सिइओ, एनटिवी, केसी गुरूँगजी र सबै सहभागीहरूलाई ।