मुकेश चौरसिया ह त्या प्र करण : जाहेरी दर्तासँगै पूर्वसभासदसहित १० जना फ रार, श वको अन्त्येष्टि

पर्सा ।मुकेश चौरसिया हत्याको जाहेरी दर्ता हुना साथ पूर्वसभासद राजकुमार गुप्ता लगायतका आ रोपीहरु फ रार भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मृ तकका भाई महेश चौरसियाले पूर्वसभासद गुप्तासहित १२ जनाबिरुद्ध जाहेरी दर्ता गराएका छन् ।

जाहेरीमा गुप्तासहित धीरज चौहान, लक्ष्मण चौरसिया, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जोखु राउत कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, हनिफ मियाँ देवान, देवा सहनी मलाह र जनार्दन चौहानको नाम उल्लेख छ । जाहेरी परेका १२ जनामध्ये देवा सहनी मलाह र हनिफ मियाँ मात्र प्रहरी नि यन्त्रणमा छन् ।

प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले मु द्दा दर्ता भएपछि आ रोपीहरुको खोजतलास गरिरहेको जानकारी दिए । ‘पूर्व सभासद गुप्ताको घरमा पनि पुगेका थियौँ, उहाँ त्यहाँ भेटिनु भएन,’ उनले भने । गुप्तालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको र उनी जुन कुनै ठाउँमा भए पनि प्रहरीले खोजेर ल्याउने दाबी गरे ।

मृ तक मुकेश चौरसियाको हत्याको मुख्य योजनाकारको रुपमा जाहेरी दर्ता भएपछि उनी वीरगञ्जबाट फ रार छन् । परिवारजनले चौरसियाको ह त्या गुप्ताकै योजनामा भएको दावी गर्दै आएका छन् ।

घटनामा लाठी भाटा प्रहार गर्ने देवा सहनी र हनिफ मियाँ गुप्ताकै श्रीपुरस्थित घरबाट प क्राउ परेका थिए । घटना भएकै दिन उनकोे घरबाट पूर्वसभासद गुप्ता सहित ७ जनालाई प्रहरीले प क्राउ गरेको थियो । तर, पक्राउ परेका मध्ये २ जनालाई हिरासतमा प्रहरीले राखेर गुप्तासहित ६ जनालाई सोही दिन ‘माथिको आदेश’मा रिहा गरिएको थियो ।

घटनापछि पर्साका प्रहरी उपरिक्षक गङ्गा पन्तले गुप्ताको नाम हटाएर जाहेरी ल्याउन भनेपछी नेकपा पर्साले जाहेरी दर्ता गराउन एक सातासम्म आन्दोलन गर्नुपरेको थियो ।

यता जाहेरी दर्ता भएसँगै चौरसियाको श वको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघि उनको श वलाई स्थायी समिती सदस्य तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।=रातोपाटी