बेलबारी गोल्डकपको फाईनल खेल स्थगित, अब कहिले ?

शनिबार । बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको शनिबार तोकिएको फाईनल खेल बर्षाका कारण स्थगित भएको छ । शनिबार बिहानैदेखिको बर्षाका कारण खेल स्थगित गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिएका छन ।

अब फाईनल खेल असोज १४ गते मंगलबार दिउँसो ३ः३० बजे हुने छ । उपाधिका लागी धरान फुटबल क्लब र रोयल क्लब वेष्ट बंगाल भिडनेछन । प्रतियोगितामा बिजयी टिमले ५ लाख र उपबिजेताले २ लाख ५० हजार पाउने छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.