कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

काठमाडौं । कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रो’गसँग ल’डने क्ष’मताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जो’ड दिएका छन् ।आ’युर्वेदिक चिकित्सक डा.ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने छ ।

बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी वि’शाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उनले सुझाव दिएका छन् । त्यस्तै बोइलर कुखुराको मासु धेरै नखान समेत उनले आग्रह गरेका छन् ।बोइलर कुखुरामा धेरै ए’न्टिबायोटिक प्रयोग भएको र जे’नेटिक मो’डिफाइड समेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाई छ । त्यस्तै खसीबोकाको उपभोग पनि कम गर्न उनको सुझाव छ । कोकाकोला, फेन्टा लगायतका पे’य पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे ।

दिनको एक दुईवटा कागतीको से’वन गर्ने, पुदिना, भा’ङ, तिल लगायतका बस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानीले रो’गब्याधी कम गराउने उनले बताए । त्यस्तै धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उनले सुझाव दिएका छन् । सादा खाना खान र शरीरभित्र कुनैपनि प्रकारको भा’र नपर्ने गरी खान पनि उनको सुझाव छ । शुद्ध पानी धेरै पिउने, गुर्जो, उ’मारेको जमरा, कागती लगायतको से’वन गर्नु उपयुक्त हुने पनि उनले बताए ।त्यसबाहेक नि’यमित व्यायाम गर्दा समेत शरीरमा फाइदा पुग्ने उनको भनाई छ ।

यो’गा, खानपिन, आयुरर्वेदका ज’डिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जो’ड दिए । भा’इरोलोजिस्ट डा.बाबुराम मरासिनीले दशैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सा’वधानी अपनाउनुपर्ने बताए । दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जो’गिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने उनले बताए । घरमा गएपछि परिवारका सदस्यसँग घु’लमिल हुनभन्दा अलग्गै बस्नुपर्नेमा जो’ड दिए । खाना खाँदा दुरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भि’डभाड नगर्ने हो भने रो’ग ला’ग्नबाट ब’च्न र बचाउन सकिने डा.मरासिनीको भनाई छ ।