सुवास पण्डित
२१ असोज, चितवन । हिजोआज व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्ने किसान धेरै भेटिन्छन् ।
तर पशुपालनका लागि महत्वपूर्ण मानिने घाँसको व्यवसायिक खेती गर्ने किसान भने कमै पाइन्छ । यस्तै कमै मान्छेले सुरु गर्ने व्यवसाय गरेका छन् पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– १२ का ३७ वर्षका विष्णु भट्टले ।
पशुपालक किसानलाई लक्षित गरी दुई बर्षअघि दुई विघा जग्गाबाट घाँस खेती सुरु गरेका उनको व्यवसाय अहिले १२ विघामा फैलिएको छ । प्रतिकठ्ठा वार्षिक २ देखि ३ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको जग्गाबाट भट्टले वर्ष एक करोड रुपैयाँको घाँसको बीऊ र विरुवा बेच्छन् ।
उनको श्री स्वस्थानी घाँस स्रोत केन्द्रमा डाले र भुइँघाँस गरी २३ प्रजातिका घाँसका बीऊ र विरुवा उत्पादन हुन्छ ।
करिब ६० लाख रुपैयाँ लगानी भएको उनको घाँस स्रोत केन्द्रमा दिनमै १५/२० जना किसान बीउ र विरुवा लिन आइपुग्छन् । उनले उत्पादन गरेका घाँस देशका ६० जिल्लासम्म पुगिसकेको छ ।
भट्टको नर्सरीमा एकदेखि २० रुपैयाँसम्मका घाँसका विरुवा छन् । वर्षमा एक करोडको घाँस बेच्दा २० देखि ३० लाख रुपैयाँ नाफा गर्ने उनले घाँस खेती सुरु गर्दा लिएको ऋण तिरिसकेका छन् ।
‘अहिलेसम्म जति कमाए यहीँ नै लगानी गरेँ, केही बचेको रकमले ऋण तिरे, अब ऋणमुक्त भएको छु’ भट्ट भन्छन् । उनको फार्ममा १२ जना कामदारले काम गर्छन् । उनको घाँस स्रोत केन्द्रमा अहिले भटमासे जातको डाले घाँसको ८० हजार विरुवाको माग छ ।
भट्टको फार्म नजिकैको मुकुन्दपुर क्षेत्र व्यवसायिक गाईपालनमा अब्बल बन्दै गएको छ । यहाँका किसान अहिले आफैं घाँस खेती गर्छन्, धेरैजसोको घरबारी वरपर उन्नत जातका घाँस छ । पशुको दानाको मूल्य दिनानुदिन बढ्दा दूध उत्पादनको लागत बढ्ने भएकाले घाँसबाट कम गराउन सकिने भट्ट बताउँछन् ।
भट्टले घाँसखेती गरेको १२ विघामध्ये ८ विघामा सुपर नेपियर घाँस लगाएका छन् । जुनसुकै ठाँउमा जुनसुकै मौसममा पनि लगाउन सकिने र उत्पादन हुने यो घाँस पशु पाल्ने किसानका लागि धेरै उपयोगी हुने भट्ट बताउँछन् ।
यो घाँस पशुपालक किसानको खर्च घटाउन धेरै उपयोगी हुने उनी बताउँछन् । ‘अहिले पशुको आहार विहारमा ६५ प्रतिशत लागत खर्च हुन्छ, त्यसलाई २० देखि ३० प्रतिशतसम्म घटाउन सकिन्छ । लागत कम भयो भने किसानले नाफा लिन सक्छन् ।’
घाँसखेतीको प्रेरणा
भट्टका बाबुआमा पनि आम नेपालीजस्तै किसान थिए । उनीहरु निर्वाहमुखी तरिकाले खती र पशुपालन गर्थे । २०५६ साल वैशाख ७ गते वस्तुभाउलाई घाँस लिन नारायणी नदी पारी गएकी उनकी आमालाई गैंडाले हानेर घाइते बनायो ।
‘धेरै ठाउँमा भौतिरिएँ । बैंकले ऋण पत्याएन । खेत देखाउँदा पनि ऋण दिएन, बैंकवालासँग रिसाएर फर्किएँ’ किसान विष्णु भट्ट भन्छन्, ‘किसान हो भनेपछि सुकिला मुकिलाहरूले त्यसै हेप्न खोज्छन् ।’
आमा घाइते भएपछि भट्टलाई काम गर्दै पढ्दै गर्नुपर्ने बाध्यता आयो । उनले आईसम्म मात्र पढाइलाई निरन्तरता दिन सके । त्यसपछि २०६५ सालमा मलेसियाको केवल वायर कम्पनीमा काम गर्न गए ।
चार बर्ष मलेसिया बसेर फर्किएपछि उनमा स्वदेशमै केही गर्ने हुटहुटी थियो । साथमा १५/१६ लाख रुपैयाँ थियो । उनले शुरुमा बाख्रा पाल्ने योजना बनाएर पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा बीरभन्द्रको मुकुन्दपुरस्थित बगैचा फार्म हाउस पुगे ।
त्यहाँको फार्म देखेपछि उनी पनि बाख्रोपालनमै आकर्षित भए । साथीभाइसँग ऋणसमेत लिएर ३०/३५ वटा बाख्रा जम्मा पारेर फार्म खोले । बाख्रा पाल्दै गर्दा उनले घाँस खेती सुरु गरेका हुन् ।
गाउँघरमा पशुपालन गरेका किसानले दूध बेचेको धेरैजसो पैसा दाना–चोकरमा खर्च गरिरहेको देखेपछि उनी घाँस खेतीतिर आकर्षित भए । ‘पशु चौपाया त सबैले पाल्छन्, त्यसका लागि त घाँस अनिवार्य नै हुन्छ, लागत घटाउन पनि घाँसले मद्धत गर्छ भन्ने सोचेपछि म यतातिर आकर्षित भएँ’ भट्टले भने, ‘घाँस लिन जाँदा मेरो आमालाईझैं कसैलाई गैंडाले हान्ने अवस्था नआओस् भनेर यता लागेँ ।’
सुरुमा उनले नजिकैको घाँस स्रोत व्यवस्थापनबाट केही घाँसका विरुवा ल्याए । काठमाडौं, काभ्रे, चितवनलगायतका ठाउँमा पुगेर पनि घाँसका बीऊ र विरुवा जम्मा पारे । ‘धेरै ठाउँमा भौतिरिएँ । बैंकले ऋण पत्याएन । खेत देखाउँदा पनि ऋण दिएन, बैंकवालासँग रिसाएर फर्किएँ’ किसान भट्ट भन्छन्, ‘किसान हो भनेपछि सुकिला मुकिलाहरूले त्यसै हेप्न खोज्छन् ।’
विदेश देखेर आएको यहाँ किन जोखिम लिन्छस् भन्नेहरु पनि थिए । सिञ्चाइमा समस्या थियो । मल व्यवस्थापनमा पनि कठिनाइ भयो । सबै कुरा बिर्सिएर उनी यसमै लागे । बितेको दुई बर्षमा नै ६० भन्दा बढी जिल्लामा घाँसको बीउ र विरुवा पठाउन सकेकामा उनी खुशी छन् ।
कोही युवा इमान्दारिपूर्वक घाँस खेती गर्न चाहे आफूले नाफा नलिई विरुवा दिने पनि उनी बताउँछन् । ‘मलाई नाफा विकुल्लै चाहिएको छैन, विदेश भएका युवा फर्किएर आऊ, म तिमीहरुलाई सहयोग गर्छु, म टेका बन्न तयार छु’ भट्ट भन्छन् ‘विदेशमा जति दुःख गरेको छ त्यति घर फर्किएर गरे, लहरामा सुन र पहरामा पनि हिरा छ । हिरामाथि सुतेर किराको खोजी नगर ।’
परम्परागत गिठ्ठा र कालो उखुको संरक्षण
नेपाली समाजले बिर्सिदै गएको गिठ्ठाको परम्परागत खेती भट्टले विगत दुई बर्षदेखि गर्न थालेका छन् । उनको दुई विघा जग्गामा अहिले लटरम्मै गिठ्ठा फलेका छन् ।
‘बिषम परिस्थितिमा बाबुबाजेको प्राण धानेको गिठ्ठा भ्याकुर लोप हुन लाग्यो भन्ने चिन्ताले संरक्षण गरेको हुँ, भावी नयाँ पुस्तालाई पनि यसको महत्व र रियल टेस्ट बुझाउन चाहन्छु’ भट्ट भन्छन् ।
विदेशबाट ल्याइने आलुभन्दा गिठ्ठा कयौं गुणा राम्रो हुने उनको तर्क छ । आलु खान नहुने मधुमेह र उच्च रक्तचापका विरामीलाई समेत गिठ्ठा लाभकारी हुने भट्ट बताउँछन् ।
उनले तीन किलोबाट गिठ्ठाखेती सुरु गरेकामा गत वर्ष १० क्वीन्टल बीऊ उत्पादन गरे । आगामी बर्ष २५ देखि ३० क्वीन्टल उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । उनले उत्पादन गरेका गिठ्ठा बीउको लागि बेच्ने गरेका छन् । गिठ्ठाको माग र ब्यापार दुबै राम्रो हुने उनको बजार अध्ययनले देखाएको छ ।
भट्टले साढे दुई कठ्ठामा कालो उखु लगाएका छन् । यसलाई पनि बीउको रुपमा नै तयार गरी बेच्ने उनको लक्ष्य छ । ‘कालो उखु पनि मासिँदै जान थाल्यो भनेर गोरखाबाट बीउ ल्याएर संरक्षण गरेको हुँ’, भट्टले भने, ‘बजार पनि राम्रो छ, बीउ बनाएर युवा किसानहरुलाई बेच्छु ।’
उनले हात्तीपाउ पिडालुको समेत संरक्षण गर्ने खेती सुरु गरेका छन् । पुराना र लोप हुन लागेका कृषि उत्पादनको संरक्षण गरी संग्रहालय बनाउने सोच रहेको पनि भट्ट बताउँछन् ।
सरकारी अनुदान लिन्न
भट्टको फर्म अफिसको कोठामा पस्ने वित्तिकै भित्तामा एउटा नारा देखिन्छ ‘म यस्तो किसान हुँ राज्यको अनुदान होइन, राज्यलाई नै अनुदान दिन चाहन्छु ।’ राज्यबाट अहिलेसम्म एक पैसा पनि अनुदान नलिई कृषि कर्म गरेको उनको भनाइ छ । ‘म अनुदान लिन्न, लिनेवाला पनि छैन, देशमा सबैले लिने मात्रै कुरा आयो दिने सोच आएन’ भट्ट दिक्क मान्दै भन्छन्, ‘कृषि भन्नेवित्तिकै अनुदानबाट कुरा सुरु हुन्छ ।’
मेहनत गरेमा उत्पादनबाटै किसानले फाइदा लिन सक्ने उनको भनाइ छ । नगरपालिकाले किसानहरुलाई अनुदान दिँदै आए पनि उनले त्यसलाई अस्वीकार गरे ।
सरकारी अनुदान वास्तविक किसानले पाउन नसकेको र पहुँचवालाले पाएको उनले देखेका छन् । कृषिका कर्मचारीले पनि किसानलाई सहयोग गरेका छैनन् । ‘किसानले बोल्न, लेख्न र खान (घुस) जान्दैनन् भनेर कृषि कर्मचारी र बिचौलियाले ठगेका छन् । सरकारी कर्मचारी नै बिचौलियासँग मिल्छन् । फिल्डमा आउन मान्दैनन् ।’
राष्ट्रिय कृषि सेना आवश्यक
देश कृषिमा पूर्ण रूपमा आत्मनिर्भर हुन राष्ट्रिय कृषि सैनिक बनाउनुपर्ने तर्क किसान भट्टले गर्दै आएका छन् ।
सरकारले नेपाली सेनामा युवाहरुको भर्ती गरेको जस्तै क्षमतावान युवालाई कृषि सेना बनाउन छनौट गरी आवश्यक तालिम दिई जग्गाको उचित व्यवस्था, सिञ्चाइ, मल, कृषि औजार र कुन ठाँउमा कुन कुन बाली उपयुक्त हुन्छ सो उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
विदेशमा गएका युवाहरुलाई प्राथमिकतामा राखेर स्वदेश फर्काइ कृषि सैनिक बनाउन सकिने उनको भनाइ छ ।
‘लडाईका सैनिक मात्रै राखेर देश बन्दैन, कृषि सैनिक उत्पादनमा जोडिन्छन्, तालिम सीप क्षमता दक्षता, सबै हुन्छ, अनि बल्ल राष्ट्रिय उत्पादन बढ्छ’ उनी भन्छन् ।
योजनाबद्ध रुपमा कृषि सैनिक तयार गरेर काम गराए, पाँच बर्षभित्र कृषिजन्य पदार्थ आयात गर्नुनपर्ने उनको बुझाइ छ ।-Onlinekhabar.com
generic tadalafil reviews – liquid tadalafil tadalafil 40 mg
propecia photo results – http://propechl.com/ finasteride over the counter
Uzvmjh – Buy discount viagra sildenafil cost
Jtqwfc – provigil for adhd Rcmcjm bilucd
Lvflzx – buying tadalafil online Rquitd ekmeqi
gabapentin moa
buy cialis daily online
Kamagra Generica
Buy Azithromycin Fast Shipping
Accessrx Complaints