बुटवल, २० असोज । प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका ३५ संस्थामा आबद्ध २ हजार २४९ जना पार्टी सदस्यले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
बुटवलमा आज पत्रकार सम्मेलन आयोजना गर्दै रुपन्देहीस्थित सक्रिय सामाजिक सस्था तथा संघसंगठनका सदस्य २ हजार २ सय ४९ जना सदस्यहरुले पार्टी सदस्यता परित्याग गर्ने घोषणा गरेका हुन् ।
रुपन्देहीमा क्रियाशिल नेकपा सम्बद्ध भातृ संगठन तथा व्यवसायिक संस्थामा रहेका कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी जनभावनाअनुरुप पार्टी नचलेको, औचित्य विना प्रदेशको राजधानी सार्न खोजिएको, निर्वाचनको प्रतिवद्धता पुरा गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।
रुपन्देहीका विभिन्न ३५ वटा संघसंस्थाका २ हजार २ सय ४९ जना नेकपाका कार्यकर्ताले सामुहिक राजीनामा पत्रमा हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
राजीनामा सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा रुपन्देही व्यापार संघका पुर्व अध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पर्यटन ब्यवसायी माधव नेपाल, उद्योग परिसंघका अध्यक्ष एजाज आलम, रुपन्देही ब्यापार संघका अध्यक्ष याम लोहनी, पश्चिम नेपाल यातायात ब्यवसायी प्रा.लिका संचालक नारायण घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा लगायतको उपस्थिति रहेको थियो ।
शिव डुम्रे/न्यूज२४
azithromycin for ear infection
Macrobid Best Website
does plaquenil cause hair loss
generic cialis online
kentucky gabapentin neurontin
Kamagra Effetto Collaterale Oral Jelly
Precio Cialis 5 Mg En Farmacia
purchasing cialis online
buy azithromycin single dose
propecia dosage