नेकपा सचिवालय बैठक आज बस्दै, प्रचण्ड-नेपाल समूहको यस्तो तयारी

काठमाडौं । नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटमा सचिवालय बैठक बस्ने सहमति भएको हो। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिनको ४ बजे बैठक बस्नेछ ।

यसअघि शनिबारका लागि तय भएको सचिवालय बैठक आइतबारका लागि सारेर स्थगित भएको थियो। आइतबार पनि सचिवालय बैठक बस्न सकेको थिएन।

बैठकमा मन्त्रिपरिषद् पुर्नगठन, विवादास्पद् नियुक्ति र पार्टी एकताका बाँकी कामका बारेमा छलफल हुनेछ । यसअघि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पार्टीमा छलफल नगरी महत्वपूर्ण नियुक्ति गरेकोले प्रचण्ड र माधव नेपाल समूह प्रम ओलीसँग रुष्ट बनेका छन् ।

प्रचण्ड नेपाल समूहले ओली पार्टी विधानअनुसार नहिडेको भन्दै फेरि ओलीको राजीनामा माग्ने तयारीमा रहेको स्रोतको दाबी छ । साथै सोमबार ओलीले गरेका नियुक्ति खारेज गर्न पनि उनीहरुले दवाव दिने भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.