भारतीय सेना र वायुसेनाले युद्धका लागि सुरु गर्‍यो संयुक्त तयारी

एजेन्सी, १९ असाेज । चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् । सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन–७६ एस र सी–१३० जे सुपर हरक्यूलिस जेट तैनाथ गरेको छ ।

यी फाइटर जेटले लगातार सीमामा उडान भरिरहेको छ । यी विमानमार्फत् सीमामा तैनाथ सेनाका जवानसम्म वायुसेनाले आवश्यक सामग्री ओसारपसारसमेत गरिरहेको छ । वायुसेना र सेनाको संयुक्त युद्ध तयारीमा चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतले सिडिएस सेना र वायुसेनालाई एकसाथ मिलाएर काम गर्ने योजना बुनिरहेका छन् ।

लद्दाख क्षेत्रमा तैनाथ वायुसेनाका एक वरिष्ठ कमान्डरले भारतीय समाचार एजेन्सीसँगको कुराकानीमा वायुसेना हेडक्वार्टरको आदेश अनुसार लद्दाख क्षेत्रमा तैनाथ सेना र अन्य सुरक्षा बललाई जे जति आवश्यकता छ, त्यो पुर्याउनु पर्ने जानकारी दिए । एलएसी नजिकै सेनाका ट्याङ्क पनि युद्धाको तयारीका लागि पुगिसकेका छन् । त्यहाँ वायुसेनाका चिनूक र एमआई–१७ वी ५ एस हेलिकोप्टर तैनाथ गरिएका छन् । यसले एलएसीमा लगातार उडान भरिरहेको छ ।

5 Comments

9 Trackbacks / Pingbacks

  1. buy plaquenil from canada
  2. cialis and alcohol symptoms
  3. viagra online who takes mastercard
  4. zithromax z-pak price without insurance
  5. hydroxychloroquine nz
  6. cialis soft tabs, united states origin
  7. ivermectin cream
  8. ivermectin for humans
  9. ivermectin 1 cream 45gm

Leave a Reply

Your email address will not be published.