चिरञ्जीवी पौडेल/ केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो तथा सम्भवतः अन्तिम कार्यकालको मध्यविन्दूमा छन् । यस्तो लाग्दैछ कि उनी आफ्नो दोस्रो कार्यकाललाई बिर्सन लायक बनाउन कुनै कसर छाड्नेवाला छैनन् ।
कुनै पनि लोकतान्त्रिक सरकारका लागि सबैभन्दा आधारभूत मान्यता हो, जनमतको कदर । तर, प्रधानमन्त्री ओलीले नेतृत्व गरेको वर्तमान सरकार जनमतको अनादर र अपमान गर्दै अघि बढिरहेको छ ।
कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट विदा गर्ने, वामदेवलाई राष्ट्रिय सभामा लैजाने र डा. युवराज खतिवडालाई अमेरिकी राजदूतमा नियुक्त गर्ने सरकारका पछिल्ला तीन कदम जनभावना विपरीत छन् ।
वामदेवको नियुक्तिमा प्रधानमन्त्रीको चाहनाभन्दा पार्टीको समीकरण वा दबाव निर्णायक थियो भन्ने मानौं । तर, कुलमान र डा. खतिवडाको सन्दर्भमा भएका निर्णयहरुका लागि सिधै उनी जवाफदेही छन् । उनले जनतालाई जवाफ दिनुपर्छ । कुलमान के कारणले प्राधिकरणमा निरन्तरता पाउन वा अर्को कुनै पदका निम्ति योग्य भएनन्, र खतिवडा के–कति कारणले यत्रतत्र अपरिहार्य भए भन्ने प्रश्नलाई उनले कार्पेटमुनि कोच्न सक्दैनन् ।
डा. युवराज खतिवडालाई अर्थमन्त्री नियुक्त गर्दा देशवासीले ओलीको सह्राना गरेका थिए । पार्टीका हस्ती नेताहरुलाई पन्छाउँदै विज्ञता रोजेकोमा उनलाई विपक्षीले पनि धन्यवाद दिएका हुन् । देशले अहिलेसम्मकै राम्रो अर्थमन्त्री पाएको भनेर आशाको लहर सिर्जना भएको हो । तर, जनताले सोचेजस्तो, चाहेजस्तो ‘चमत्कार’ खतिवडाबाट हुन सकेन । उनको कार्यसम्पादन औसत मात्र रह्यो ।
अर्थतन्त्रलाई माथि उकास्न कुनै गतिलो भिजन प्रस्तुत नगरेको, बजेट कार्यान्वयनको कमजोरी हटाउन नसकेको तथा कर संकलनमा मात्रै जोड दिएको लगायत आरोप खतिवडाले खेपे ।
अर्थमन्त्रीको कुर्सीमा अढाई वर्ष बस्दा डा. खतिवडाले केही गर्न खोजेका पनि हुन् । तर, सिधै आमजनतालाई छुने गरी कुनै ठोस कार्यक्रम दिन नसक्दा उनको पहिलेको क्रेज समाप्त भयो । त्यही भएर उनको बहिर्गमनमा जनता दुःखी भएनन् ।
सत्तारुढ नेकपाभित्र पनि खतिवडाप्रति बढ्दो असन्तुष्टि थियो । पार्टीभित्रको बीजजगणितले किनारामा पु¥याइएका ओलीले उनको निरन्तरताको पक्षमा अडान लिने अवस्था थिएन ।
मुटुमाथि ढुंगा राख्दै अर्थमन्त्रीबाट विदा गर्नु परे पनि ओलीले खतिवडालाई आफूबाट टाढा हुन दिएनन् । मन्त्रीसरहको सुविधासहित खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त भए । जब कि ओलीसँग आर्थिक सल्लाहकारका रुपमा डा. लालशंकर घिमिरे पहिल्यै थिए । सल्लाहकारमाथि विशेष सल्लाहकार खप्टिएर जगहँसाई गर्दै ओलीले खतिवडाप्रति आफ्नो अतिरिक्त अनुरागको प्रदर्शन गरे ।
अर्थमन्त्रालय आफैंले राखेर सबै जिम्मेवारी खतिवडालाई नै दिने प्रधानमन्त्रीको विभत्स सोचसमेत देखियो । तर, फेरि आफैंलाई जिल्याउँदै ओलीले खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेका छन् ।
डा. खतिवडा राजदूत बन्न योग्य व्यक्ति हुन् वा होइनन् भन्ने प्रश्न होइन । प्रश्न यो हो कि एउटै व्यक्तिलाई राज्यले कतिपटक, कति ठाउँमा अवसर दिने ?
ओलीकै आशिर्वादमा यसअघि पनि डा. खतिवडा शक्तिशाली पदहरुमा पुगिसकेका छन् । राष्ट्रिय योजना आयोगको सदस्य, दुईपटक उपाध्यक्ष, फेरि नेपाल राष्ट्रबैंकको गभर्नर भए उनी । त्यसपछि अर्थमन्त्री, प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै अहिले राजदूत । एउटा पदबाट ओर्लिएर लामो सास फेर्न नभ्याउँदै ओलीले उनलाई अर्को पदमा बसालिरहे । खतिवडा पनि मुस्कुराउँदै ओलीप्रति कृतज्ञता प्रकट गरिरहे । तर, एउटै व्यक्तिलाई यतिधेरै अवसरको खात लगाउनु हदभन्दा बढी आशक्ति हो ।
खतिवडा स्वयंलाई पनि यो पछिल्लो नियुक्तिले फाइदा गर्दैन । भर्खर केन्द्रीय अर्थमन्त्रीबाट निवृत्त भएको व्यक्तिले राजदूतको जागिरमा र्याल काढ्नु हुन्थेन । सामान्यतया राजदूत भनेको सहसचिवस्तरको पद हो । नेपालमा चाहिँ व्यक्ति हेरेर राजदूत पदको हैसियत घटबड गर्ने विकृत परम्परा बसाइएको छ । सरकारको तवविजमा राजदूत पदलाई आवश्यकता अनुसार सचिवस्तरदेखि मन्त्रिस्तरको बनाइन्छ । जबकि हामीले हैसियत बढाउँदैमा सम्वन्धित देशले त्यसलाई बढी महत्व दिने होइनन् । उनीहरुले राजदूतलाई सहसचिवकै हैसियतमा व्यवहार गर्छन् ।
डा. खतिवडा अर्थशास्त्रका ज्ञाता हुन् । उनको लेभलका अर्थशास्त्री नेपालमा न्यून छन् । त्यसैले उनलाई राज्यले विज्ञको रुपमा प्रयोग गर्नु उचित हो । उनीबाट सल्लाह–सुझाव जति पनि लिँदा हुन्छ । तर, कार्यकारी पदमा भने उनले आफूलाई अरुभन्दा विशिष्ट प्रमाणित गर्न सकेका छैनन् ।
न योजना आयोगमा, न राष्ट्रबैंकमा न अर्थमन्त्रालयमा उनले कुनै अविस्मरणीय छाप छोड्न सके । अहिले एउटा देशको राजदूत बन्न तयार भएर उनले आफ्नै व्यक्तित्वको अवमूल्यन गरेका छन् ।
सरकारको आजको निर्णयले सामाजिक सञ्जालमा हाँसो र आक्रोश एकसाथ सिर्जना भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कट्टर समर्थकले पनि यो निर्णयको बचाउन गर्न सकेका छैनन् । पार्टीको नेतृत्व तहमा असन्तुष्टि सिर्जना भएको छ । फेरि एकपटक सत्तारुढ दलभित्र नयाँ किचलो पैदा हुने र सरकार अस्थिर बन्न सक्ने सम्भावनाको ढोका खुलेको छ ।
खतिवडा भर्सेस कुलमान
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले करिब १५ दिन अगाडि पदबाट अवकाश पाए । उनलाई प्राधिकरणमा पुनर्नियुक्तिको पक्षमा बहुसंख्यक मजनता थिए । कुलमानलाई अर्को कुनै संस्थाको नेतृत्व दिनृुपर्ने जनमत पनि उत्तिकै बलियो थियो । तर, जनमतलाई कुल्चिँदै सरकारले उनलाई प्राधिकरणबाट विदा गर्यो । अर्को नयाँ जिम्मेवारी दिन पनि चाहिरहेको छैन ।
कार्यसम्पादनको हिसाबले खतिवडाको तुलनामा कुलमान निकै अगाडि छन् । नेपालमा लोडसेडिङ हटाउने र घाटामा चुलुम्म डुबेको एउटा संस्थानलाई अर्बाैको नाफामा पुर्याएर एउटा कर्मठ राष्ट्रसेवकका रुपमा उनले आफूलाई प्रमाणित गरेका छन् । त्यही भएर उनी जनताको ढुकढुकी बन्न सफल भएका हुन् । उनलाई अर्को कार्यकाल दोहो¥याएको भए वा अर्को जिम्मेवारी दिएको भए सरकारको लोकप्रियता बढ्ने थियो । जनमतको कदर गरेको ठहरिने थियो । प्रधानमन्त्रीको छाती अलि फराकिलो देखिने थियो । तर, यति सानो कुरामा पनि उनी चुकिरहेका छन् ।
डा. खतिवडालाई जागिरबाट अवकाशपछि ६ वटा महत्वपूर्ण राजनीतिक नियुक्त दिलाएका प्रधानमन्त्री कुलमानलाई दोस्रो नियुक्ति दिन पनि किन अनिच्छुक छन् ? यसकारण कि कुलमान उनका ‘एसम्यान’ होइनन् ।
पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग कुलमानको विशेष ‘साँठगाँठ’ रहेको र मिडियालाई हातमा लिएर सरकारविरुद्ध प्रचारवाजी गराएको आरोप प्रधानमन्त्रीका निकटवर्तीको छ । तर, कुलमानलाई स्वयंलाई बोलाएर यस्ता विषयमा प्रश्न सोध्ने हिम्मत प्रधानमन्त्रीले गर्न सकेका छैनन् । प्रधानमन्त्रीले बोलाउने कुरा छाडौं, कुलमानले पटक–पटक भेट्न चाहँदा पनि उनले भेट दिइरहेका छैनन् ।
स्रोतका अनुसार अवकाश पाउनुभन्दा तीन महिनादेखि कुलमान प्रधानमन्त्रीलाई भेट्ने प्रयासमा थिए । आफूले हासिल गरेका उपलब्धी र अबको योजनाहरुबारे व्रिफिङ गर्न चाहन्थे । तर, विभिन्न बहाना गरेर प्रम उनीसँग तर्किरहेका छन् । भेट्न आनाकानी गरिरहेका छन् ।
जनताले आदर्श मानेका पात्रलाई प्रधानमन्त्रीले एउटा भेटसमेत नदिनु दुखद मात्र होइन, आपत्तिजनक पनि हो ।
अहोरात्र खटिएर देशलाई लोडसेडिङको अन्धकारबाट उज्यालोतर्फ लैजाने राष्ट्रसेवीले अहिले घरमा सुतेर दिन काट्नु परेको छ । जबकि कुलमान अझै देशका लागि थप योगदान दिनका निम्ति व्यग्र छन् । उमेरले पनि उनीसँग प्रशस्त समय छ । उनीजस्ता कर्मवीर फुर्सदमा बस्नु भनेको देशलाई घाटा हो । यो घाटा धेरै लम्बाउनु सरकारका लागि र देशका लागि हितकर छैन । कुलमानले कुनै न कुनै जिम्मेवारी पाउनैपर्छ । यसमा अब प्रधानमन्त्रीले साँघुरो चित्त बनाउनु हुन्न ।
दुईपटक अपदस्थ हुन लागेर पनि जोगिएका प्रधानमन्त्री ओलीसामु अन्तिम अवसर छ । समय बाँकी छ चानचुन अढाई वर्ष । अघिल्ला अढाई वर्ष समग्रमा सम्झनलायक भएनन् । अब बाँकी अवधि पनि यसैगरी गुजारे भने प्रधानमन्त्री ओलीको राजनीतिक जीवनको नमिठो समापन हुनेछ ।
खतिवडालाई आराम र कुलमानलाई जिम्मेवारी दिएर उनले आफूलाई सच्याउने क्रमको श्रीगणेश गरुन् ।अनलाइन खबर
buy tadalafil online reddit – tadstrong.com buy tadalafil pills
cheap finasteride – signs propecia is working how long does propecia take to work
buy tadalafil online cheap – http://xtadalafilp.com/ tadalafil generic date
Pdvaew – Best prices on viagra buy viagra mississippi
100mg viagra viagra over the counter walmart
price of viagra
cheap ed pills usa cheap ed pills
cheap ed pills from india
cheap drugs ed pills without a doctor prescription
buy ed pills
Imekvz – ivermectin rx Moxgdo imykgg
ed pills without a doctor prescription buy ed pills from canada
order ed pills
Lppoho – furosemide pills Jemgpf qliyff
Zfuoju – a t on besoin d’une ordonnance viagra Jofghi szpvli