शुक्रबार काठमाडौंमा यो बर्षकै चिसो ,तापक्रम ४ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौंमा हिजो यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ । बिहिबार ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम शुक्रबार बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनतम तापक्रम घट्दा चिसो बढेको छ । देशका पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ भने बाँकी भुभागको मौसम सामान्यतया सफा छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.