पिएसएलको छनौटमा परेनन् सन्दीप

काठमाडौ ।  पाकिस्तान सुपर लिगमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने छनोट हुन सकेनन् ।

प्लाटिनम श्रेणीमा नाम दर्ता गराएका सन्दीप तीनै श्रेणीको ड्राफ्ट सकिदा समेत छनोट हुन सकेनन् । प्लाटिनममा नाम दर्ता गराएका सन्दीप डायमण्ड र गोल्डमा समेत छनोट भएनन् ।

एकपछि अर्को महँगो मूल्यमा छनोट हुँदै आएका सन्दीप पहिलो पटक बिक्री नभएका हुन् । अघिल्लो सिजनमा सन्दीपले लाहोर कलन्दर्सबाट खेलेका थिए ।

५० हजार डलरमा कलन्दर्सबाट खेल्दै राम्रो प्रदर्शन गरेर अन्य फ्रेन्चाइजीमा समेत प्रभाव पार्न सफल थिए ।

तर, यसपटक एक लाख ४७ हजार डलरदेखि दुई लाख १८ हजार डलरसम्म पाउने प्लाटिनम क्याटोगोरीमा सन्दीपले नाम दर्ता गराएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.