६० वर्षका पूर्व कार्यकारी अधिकारीले पुशअप गरेर मागे जागिरः भने, ‘अहिले पनि फिट’

एजेन्सी । भनिन्छ उमेर एउटा अंक मात्रै हो, यदि तपाईंभित्र केही गर्ने उत्कट चाहना छ भने तपाईंले जुनसुकै उमेरमा जे पनि हासिल गर्न सक्नुहुन्छ । यस्तै ष्गरेका छन् स्कटल्याण्डमा जन्मिएका ६० वर्षका पाल मार्क्सले ।

लकडाउनका बेला मार्क्सको जागिर गुमेको थियो र बढ्दो उमेरसँगै उनले काम पनि पाइरहेका थिएनन् । तर उनले हार मानेनन्, ६० वर्षको उमेरमा पनि यति कति फिट छन् भनेर देखाउन उनले सोसल मिडियामा पुशअप गरेको भिडियो सेयर गरे । त्यसपछि उनको पछाडि जागिरको लाइन लाग्यो ।

पश्चिमी बेलायतको लंकाशायरमा बस्ने पल मार्क्स पाँच महिना अघिसम्म पनि दुबईको क्रियोल ग्रुपका मुख्य सञ्चान प्रबन्धनको पदमा कार्यरत थिए । तर लकडाउनका कारण उनको रोजगारी गुम्यो । त्यसपछि मार्क्सले दुबई, बेलायत, स्पेनजस्ता देशमा जागिरको आवेदन दिए । तर उमेरका कारण उनले काम पाएनन् ।

पल मार्क्सलाई ६० वर्षमा पनि उनी पूर्ण रुपमा फिट छन् भनेर प्रमाणित गर्नुथियो । त्यसपछि उनले लिङ्क्डइनमा एउटा भिडियो पोस्ट गरे । जसमा उनले सुट–बुट लगाएर पुशअप गरिरहेका थिए । यो भिडियो भाइरल हुनेबित्तिकै उनले जागिरको थुप्रै प्रस्ताव पाए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.