सुनी लिम्बुको पूर्व प्रेमी पहिलो पटक मिडियामा, से क्स र अ श्ली’ल फोटोबारे गरे यस्तो खुलासा (भिडियो हेर्नुस्)

काठमाडौ । धरानमा विवाह गरेको दुई महिनामै युवतीको निधन भएको घटनामा थप नयाँ कुरा बाहिर आएको छ । दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी सुनी लिम्बु निधन भएको अवस्थामा फेला परेकी हुन् । सो घटना रहस्यमयी भएको भन्दै माइती पक्षले किटानी जाहेरी दिएपछि युवकका बुवा सहित केहीलाई प्रहरीले प’क्राउ गरेको छ ।

ति युवतीको श्रीमान अहिले पनि सिंगापुरमा छन् । देहत्याग गरेको बताइएको धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको घटनामा माइती पक्षले दिएको किटानी जाहेरी पछि श्रीमानको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेमकुमार माबोलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको निधन पछि अहिले दुई परिवारबीच आ’रोप प्रत्यारोप चलिरहेको छ । युवतीको घर तर्फका परिवारले सोनीको अर्को प्रेमी रहेको र उनले नै श्रीमानको नामको फेसवुक लगइन गरेर अ श्लि ल तस्बिर मागेको भन्दै आरोप लगाएका छन् । विवाह पछि पनि कोरीयामा रहेका डिकेनसंग सम्पर्कमै रहेको र उनीहरुबीच कुराकानी हुने गरेको दावी गरेका थिए ।

डिकेनले आफुहरुको सोल्टी सोल्टीनी नाता भएको बताएका छन् । तर पछिल्लो ७ वर्ष यता आफुहरुबीच कुराकानी पनि हुन छोडेको बताएका छन् । त्यो भन्दा पहिला आफुहरुसंग करिब २ वर्ष नजिकको सम्बन्ध रहेको स्वीकार गरेका छन् । तर युवतीको घर परिवारका सदस्यले आ’रोप लगाएजस्तो उनको श्रीमानको मोवाइलवाट फेसवुक लगइन गरेर तस्बिर मागेको कुराको भने खण्डन गरेका छन् ।

उनले त्यो कुराको खण्डन गर्दै प्रमाण सहित आरोप पुष्टि भए जुनसुकै कारवाही भोग्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल र युट्युवमा आफ्नो वे’इ’जत गरेको भन्दै उनले त्यस वि’रुद्ध पनि कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।

घटना कसरी भयो भन्ने अझै खुलेको छैन । श्रीमानको परिवारले देह त्याग गरेको बताएका छन् भने माइती पक्षले शंकास्पद भन्दै किटानी जाहेरी दिएका छन् । तर श्रीमानका भिनाजुले सोनीको अन्य युवकसंग पनि सम्बन्ध रहेको दावी गरेका छन् ।

 

5 Comments

Leave a Reply

Your email address will not be published.