क्याप्टेन विजय लामालाई कोराना संक्रमण

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए ।

आइतबार नै रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् । क्याप्टेन लामाले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा नै बताएका छन् ।

उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका १० भन्दा धेरै उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।-अनलाइन खबर

20 Comments

8 Trackbacks / Pingbacks

  1. plaquenil 800mg
  2. no bake keto cheesecake
  3. buy zithromax no prescription
  4. dapoxetine and generic cialis
  5. best canadian mail order pharmacies
  6. canadian approved online pharmacies
  7. ivermectin 4000 mcg
  8. plaquenil coupon

Leave a Reply

Your email address will not be published.