देशलाई स्वर्ण दिलाउने प्रयास अ सफल भएपनि देश वासीको मन भने जितेछौं : कप्तान अरुणा शाही

काठमाडौं । भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिए पछि नेपाली महिला भलिबल टोलीले देशको लागि अमूल्य उपहार पस्केको छ । राष्ट्रिय खेल घोषित भएपछि नेपालमा भलिबल प्रतिको लगाव पनि चुँलिदो छ । भौगोलिक कारणले पनि नेपालमा अझै भलिबललाई लोकप्रिय खेलको रुपमा लिइन्छ ।

त्यस माथि यस पटक नेपालमा जारी १२ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाल राष्ट्रिय महिला भलिबल टोलीले देखाएको संकेत र दिएको सन्देशले आम नेपाली खेलप्रेमी भलिबल प्रति झनै आकर्षित र उत्साहित भएका छन् । स्वर्ण पदक नजिक पुगेर चुकेको नेपाली महिला भलिबल टोली स्वर्ण नजिते पनि आम नेपालीको मन जित्न सफल बन्दा भारत जस्तो एकक्षत्र राज गरिरहेको देशलाई कडा चुनौती पनि दिन सफल भएको छ ।

फाइनल पुग्दासम्म स्वर्ण जित्ने बुनिएका सपना साकार नभएपनि आम नेपाली र दर्शकहरुको माया र साथले गर्दा दुखी नभएको नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा शाहीले बताउनु भएको छ । न्यूज ट्वानटीफोर टेलिभिजनको नियमित कार्यक्रम छ प्रश्नमा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुरा गर्दै कप्तान शाहीले नेपाललाई स्वर्ण जिताउने हर प्रयास असफल भएपनि नेपाल र नेपालीको मन जितेको उहाँको भनाइ छ । भारतसँगको अन्तिम प्रति स्पर्धामा नेपाली टोलीको ‘माइनर मिस्टेक’ले रजतमा चित्त बु झाउनु परेको उहाँले बताउनु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.