श्रीमतीको उपचार गर्न आग्रह गर्दै धेरै डाक्टरको खुट्टा समाएँ, हारगुहार गरेँ तर सुनेनन्

विराटनगर : सात वटा अस्पताल पुर्‍याउँदा पनि उपचार नपाएका कारण ल,डेर घा’इते भएकी मोरङकी एक ग’र्भवती महिलाको मृ,त्यु भएको छ। कानेपोखरी गाउँ पालिका-५ की २३ वर्षीया सविना थापा (दर्जी)को बिहीबार बिहान मृ,त्यु भएको हो। सौच गर्न गएकी उनी मंगलबार राति १० बजेतिर घर नजिकैको शौचालयमा ल’डेकी थिइन्।

ल’डेका कारण स्वास्थ्यमा थप समस्या हुँदै गएपछि परिवारका सदस्यले उनलाई बुधबार राति उपचारका लागि विराटनगर ल्याएका थिए। नोबेल, विराट शिक्षण, विराट नर्सिङ होम एवं विराटनगर, ग्रीनक्रस, कोशी, सुरक्षा लगायतका अस्पतालले उनको उपचार गर्न मानेनन्। एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्‍याए पनि कुनैले उपचार गर्न न’मानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताइन्।

‘बिरामीको अवस्था ग’म्भीर रहेको भन्दै अस्पतालहरुले आईसीयू र भेन्टिलेटर नभएको जवाफ दिए,’ उनले भनिन ‘कुनैले को’रोना त्रा’सका कारण नयाँ बिरामी भर्ना गरेर उपचार गर्न सक्दैनौं भने।’ कोशी अस्पतालमा भने कोरोनाका बेला बिरामी ल्याएको भनेर नर्सहरुबाट दु-र्व्यवहार खेप्नु परेको गुनासो उनले गरिन्। विराटनगरका अस्पतालहरुमा उपचार नपाएकी सविनालाई बिहीबार बिहान लगभग २:३० बजेतिर एम्बुलेन्समा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दुर्गाले दिइन्।

उनका अनुसार भर्ना लिएको प्रतिष्ठानले आकस्मिक कक्षमा उपचार थाल्दै प्रसूति कक्षमा रेफर गर्‍यो। प्रसूति कक्षमा पुर्‍याएर उपचार थालेको केहीबेरमा बिहान ३:३० बजेतिर सविनाको मृ,त्यु भएको जानकारी उनले दिइन्। सविनाका बुवा चन्द्र थापाले डुलाउँदा डुला उँदै सबै अस्पताल पुर्‍याए पनि भर्ना लिन र उपचार गराउन नमानेका कारण छोरीले मृ,त्युवरण गर्नु परेको अन्‍नपूर्ण अनलाइनलाई बताए।

अस्पतालले लग्ने वित्तिकै उपचारसम्म सुरु गरिदिएको भए बाँच्ने अवस्था रहेकी छोरीले अकालमा ज्या’न गु’माउनु परेको उनको गुनासो छ। सविनाका श्रीमान भरत दर्जीले पनि उपचारका लागि लागिएका अस्पतालले लिन नमान्दा सात महिनाकी गर्भवती श्रीमती गुमा उनु परेको गु’नासो गरे। ल,डेर घा’इते भएकी श्रीमतीलाई को’रोनाको बहानामा उपचार गर्न नमान्नु अस्पतालको ग’म्भीर लापरबाही भएको उनको गुनासो छ।

‘श्रीमतीको उपचार गर्न आग्रह गर्दै धेरै डाक्टरको खुट्टा समाएँ। हा’रगुहार गरेँ,’ उनले भने, ‘तर कसैले पनि वास्ता गरेनन् । को’रोनाको बहानामा स्वास्थ्य स’म्बन्धी ग’म्भीर समस्या भएका बिरामीले अस्पतालमा उपचार नै नपाउने अवस्था आउनु दु’र्भाग्य हो ।’ भरतले श्रीमतीको उपचार गर्न नमान्ने सबै अस्पताल वि’रुद्ध कानुनी ल’डाइँमा जाने तयारीमा आफू रहेको पनि सुनाए। यो समाचार अन्नपूर्ण दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.