आँखाकी नानी छोरी २० दिनदेखि बे पत्ता, बि रामी आमाको अवस्था ना’जुक बन्दै, खोजीका लागि अपिल !

गुल्मी । छोरी बे’पत्ता भएको दिनदेखि बिरामी आमाको अवस्था ना’जुक बन्दै गएको छ । तर तिनै बे’पत्ता छोरीको एक युवाले फे’क आ’इडी बनाएर थप पी’डा थपि दिएका छन् । घ’टना हो, गुल्मीको ईस्मा गाउँ पालिका वडा नम्बर–५ रजस्थल दोबाटाको । त्यस गाउँकी १७ वर्षीया पूजा अर्याल मङ्सिर १ गते विहान सदरमुकाम तम्घासमा जाडोमा लगाउने कपडा किन्छु भन्दै घरबाट हिँडेकी थिइन् ।

उनी हिँडैकै दिन तम्घासको भगवती मन्दिरसम्म पुगेको एक जना छिमेकीले देखेको बताएका छन् । त्यस पछि उनको अवस्था अ’ज्ञात छ । तर, उनै युवतीका नाममा एक जना युवाले फे’सबुक आई’डी बनाएर अनेकन लेख्दै पी’डा दिने गरेको परिवारका सदस्य हरुले बताएका छन् । जसले कहिले भारतमा छु भन्ने त कहिले पूजा आर्याल नामकै आईडीबाट म जीवन र म’रणको दो’साँधमा छु भनेर लेख्ने गरेका छन् ।

उक्त आइ’डीबाट पूजाका बाबु नारायण प्रसादले अनेकन म्यासेजहरु आउने गरेको बताए । खोज तलासका लागि प्रहरीमा उ’जुरी दिएको यतिका दिन बित्दा पनि प्रहरीले खासै वास्ता नगरेको गुनासो परिवार जनको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले आफूहरुले खोज तलास गरिरहेको जानकारी दिनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.