बाढी पीडितलाई राहत सामग्री बोकेर गृहमन्त्री बागलुङतर्फ प्रस्थान

काठमाडौँ । राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेपाली सेनाको हेलिकोप्टरमार्फत बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङतर्फ प्रस्थान गरेका छन् ।

पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।

वेपत्ताहरुको खोजीकार्य जारी छ ।-रातोपाटी

4 Comments

Leave a Reply

Your email address will not be published.