बच्चाको मुख देख्नै नपाई ज्यान गुमाउँछन् आमाहरू

काठमाडौं : कालिकोटको रास्कोट नगरपालिका-२की सिरा सार्कीको घरमा चौथो सन्तान जन्मिदै थियो। यसअघि पनि उनका दुई छोरी र एक छोरा थिए। कान्छो छोरालाई भने उनले देख्न पाइनन्। भदौ ९ गते सिराले छोरा जन्माएकी थिइन्। तर उनले छोरालाई काखमा लिन पाइन् किनकी सुत्केरी हुँदा उनी जीवन-मरणको दोसाँधमा थिइन्। छोराको मुख पनि हेर्न नपाई उनले मृ,त्यु वरण गरिन्।

समयमा राम्रो उपचार नपाएका कारण उनको ज्यान गएको परिवारले बतायो। उनलाई घरमै सुत्केरी व्यथा लागेको थियो। बिहानैबाट आफूलाई व्यथाको लक्षण देखिएपनि उनले श्रीमान र परिवारलाई यसबारे भनेकी थिइनन्। ‘बिमार लागेपछि उनका श्रीमानलाई खबर पुगेछ, श्रीमान नपुग्दै उनको बच्चा जन्मि सकेछ,’ सिराका जेठाजु हरसिंह सार्कीले भने, ‘बच्चा जन्मिएपछि समयमै अस्पताल पुर्‍याउन नसक्दा मृ,त्यु भयो।’

हरसिंहका अनुसार सिरालाई बेलुका पाँच बजेतिर पूर्ण रूपमा सुत्केरी व्यथा लागेको थियो। काममा गइसकेका श्रीमानलाई साढे पाँच बजेतिर खबर भयो।६ बजेतिर श्रीमान घर आए। श्रीमतीलाई व्यथाले च्यापेको थाहा पाएपछि छिमेकी पनि रहेकी स्वास्थ्य स्वयंसेविका सँग सल्लाह लिन र स्टेचरको जुगाड गर्न गए। श्रीमान फर्किनसक्दै सिराले बच्चा जन्माइन्। तर उनलाई धेरै नै र,क्तश्राव भएको थियो। र,गत धेरै बगेपछि अस्पताल लैजाने कुरा भयो।

हरसिंहका अनुसार र,क्तश्राव भएपछि उनलाई स्टेचर मार्फत् परिवारले नजिकैको स्वास्थ्यचौकीमा पुर्‍याए। पहिले स्वास्थ्यचौकीसम्मै गाडी पुग्थ्यो। पहिरोले बाटो बिगारेपछि आधा घन्टा लगाएर उनलाई स्टेचरमा बोकेर स्वास्थ्य चौकीमा पुर्‍याइयो । ‘बाढीपहिरोको कारण बाटो बिग्रिएको थियो, घरै नजिकको तीन वटा खोलामा पहिरो गएको थियो,’ हरसिंहले भने, ‘आधा घन्टा लगाएर हस्पिटल पुर्‍याएछन्।

त्यहाँ अनमीले आफूले नसकिने भन्दै अन्तै लैजान रिफर गरिन्।’ सिरालाई सामुदायिक अस्पतालमा लगियो। पहिले पुर्‍याइएका स्वास्थ्य संस्थाबाट पनि त्यो सामुदायिक अस्पताल पुग्न एक घन्टा कम्तिमा लाग्छ। स्टेचर मै बोकेर उनलाई परिवार र आफन्तले उक्त सामु दायिक अस्पताल लगे। त्यहाँ पनि उनको उपचार हुन सकेन।

‘म नगरपालिकाको बैठक सकेर सामुदायिक अस्पताल पुगें,’ हरसिंहले भने, ‘त्यहाँ एउटा स्लाइन चढाइयो, सुई पनि लगाइयो। त्यसपछि पनि त्यहाँबाट स्वास्थ्य कर्मीले सदरमुकाम मान्म लैजानुस्, यहाँ हामी सक्दैनौं भने ।’ त्यो सामुदायिक अस्पतालबाट मान्मको जिल्ला अस्पताल पुग्न ६ घन्टा बढी समय लाग्छ। परिवारले उही स्टेचरमा बोकेर मान्म लिन भनेर हिँडाले। १० मिनेट नहिँड्दै स्टेचरमै मृ,त्यु सिराको भयो।

‘हामीले मान्म अस्पताल लिने भनेर हिँडेको १० मिनेट जति भएको थियो होला, गोर्खाली मोड भन्ने ठाउँमा मृत्यु भयो, के गर्ने विकट भएकाले समयमै राम्रो ठाउँमा उपचार गराउन लिन सकिएन,’ जेठाजु हरसिंहले भने। भौगोलिक विकटताका कारण छोटो दूरीका स्वास्थ्य संस्थामा पुग्न लामो समय लाग्ने हुँदा र स्वास्थ्य संस्थामा गुणस्तरीय उपकरण तथा औषधी नहुँदा सिराको ज्या’न गएको उनी बताउँछन्। सेतोपाटिमा खबर छ ।

8 Comments

Leave a Reply

Your email address will not be published.