सिन्धुलीमा ७२ वर्षीय वृद्ध सहित २८ जनाले जिते को’रोना

सिन्धुली : सिन्धुलीमा २८ जना को’रोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म जिल्लामा को’रोना भाइरस (कोभिड–१९) बाट संक्रमित मध्ये २८ जनाले को’रोना जितेपछि घर फर्केको सिन्धुली अस्पतालका व्यवस्था पक विमल श्रेष्ठले जानकारी दिए । शनिबार मात्र जिल्लामा एकैपटक १६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

‘हालसम्म जिल्लामा २८ जनाले उपचार पछि कोरोना जितेर घर फर्कनु भएको छ,’ उनले भने । तिनपाटन गाउँपालिकाका एक ७२ वर्षीय वृद्धले समेत कोरोना जितेर घर फर्केका छन्। श्रेष्ठका अनुसार जिल्लामा हालसम्म ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २० जना उपचाररत छन् । ३९ जनालाई अस्पतालमा र ९ जनालाई होम आइसोलेसनमा राखेर उपचार गरिएको श्रेष्ठको भनाइ छ ।

सिन्धुली अस्पतालमा रहेको १४ वटा आइसोलेसन र एपोलो अस्पतालमा रहेको २५ वटा आइसोलेसन बेडमा राखेर संक्रमितहरुको उपचार गरिँदै आएको छ । ‘शनिबारसम्म २८ जना डिस्चार्ज भएपछि २० जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये सिन्धुली अस्प तालमा २, एपोलो अस्पतालको आइसोलेसनमा ९ र होम आइसोलेसनमा ९ जना गरी २० जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था समेत समान्य रहेको छ,’ श्रेष्ठले थपे । अन्नपुर्ण पोस्टमा राजन गाउँलेले लेख्नु भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.