एक लाख दिन्छु भन्दा पनि नबेचेको फाइटर भाले (भिडियो सहित)

काठमाडौं : उनका अनुसार टुर्नामेन्टमा हजारौंको बेट (बाजी) पनि चल्छ। सौखिन व्यक्तिहरू भाले जुधाएर मनोरञ्जन लिन्छन्। जित हारको खेल खेल्छन्। दुई वर्षपहिले असिल नेपालले काठमाडौंमा आयोजना गरेको टुर्ना मेन्टमा प्रवेश शुल्क मात्र दुई हजार रुपैयाँ थियो। एक वर्षअघि पोखरामा आयोजना गरिएको टुर्नामेन्टमा प्रवेश शूल्क ५ हजार थियो।

विगनलाई काठमाडौंमा असफलता मिलेको थियो, पोखरामा सफलता। लकडाउन सुरू हुनुभन्दा पहिला दाङको तुलसीपुरमा आयोजित व्यापारिक महोत्सवमा पनि उनले भाले लडाउन लगे। त्यहाँ एउटा स्टल नै भाले भिडाउनका लागि राखिएको थियो। ‘भाले लडेको हेर्न आउने मान्छे हाउस फूल हुन्थे। टिकट अघिल्लो दिन नै सकिन्थ्यो,’ विगनले भने ‘ फाइटर भालेले आय आर्जनमा मात्रै हैन आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्छ।’

यस्तै सौखिन र बाजी थाप्नेहरूको होडबाजीले यो कुखुराको मूल्य महंगो पर्ने गरेको छ। ‘ओर्जिनल ब्रिड अति नै लडाकु हुन्छ। लड्दा लड्दै ढल्छ, कि म’र्छ वा मा’र्छ’ उनले फाइटर भालेको विशेषता बताए। विगनको भालेले पनि लडाइँका क्रममा विभिन्न ठाउँमा ४ वटा जति प्रतिद्वन्द्वी भाले मारी सकेको छ रे। उनले आफ्नो भालेको छरीमा क्याप लगाइदिने गर्छन्। अरू कुखुरालाई हानेर घाइते बनाउन नपाओस् भनेर छरीमा क्याप लगाउने गरेको उनले बताए।

‘यो भालेको छरी सियोजस्तै तीखो छ र यो यसको लागि तरबारजस्तै खतरानक हतियार हो,’ विगनले थपे ‘यसले हान्न पायो भने अरूलाई घाइते बनाउँछ। त्यसैले क्यापले बाँधेर राख्ने गर्छु।’ टुर्नामेन्टको लागि भालेलाई तयार पार्दा दैनिक साँझ-बिहान खुट्टा, घाँटी, पखेटा, छातीको भागलगायत होलबडी मालिस गरेर बलियो बनाउने गरेको उनले बताए। विस्तृतमा सेतोपाटिले तयार पारेको यो भिडीयो रिपोर्ट हेर्नु होस ।

 

6 Comments

Leave a Reply

Your email address will not be published.