पहिलो पटक जब फेसबुकमा उसको म्यासेज आयो म झस्किएँ । मुटुको गति थामिए जस्तै भयो । श्रीमान घरमा हुनुन्थेनन् । फेरी पनि मैले कुनै गलत गर्दैछु झैं लाग्यो । अनलाईनमा आएको एउटा म्यासेजलाई हेर्न पनि मैले यता उता हेरेँ, कसैले देखेको पो छ कि ? आफैमाथि हाँसे अनि सोचे घरमा कोही पनि छैन् त कोसँग डराएको होला । उसले म्यासेजमा ‘हाय म तीमीसँग मित्रता गाँस्न चाहन्छु’ भनेर लेखेको थियो । म्यासेज पढेर मुहारमा मन्द मुस्कान आयो । तर, आफैलाई होईन जस्तो गरी सम्माहले ।
एउटा नचिनेको मान्छेको अनलाईनमा म्यासेज आउँदा मैले चाँसो किन राख्नेँ ? श्रीमानको कुरा मनमा आउने बित्तिकै मनमा कस्तो घोँचे जस्तै भयो । त्यो उनको चिसोपना हो कि कुनै नचिनेको मान्छेले लेखेको ‘हाय’ले पनि मेरो मनमा का’उकुती लगाई रहेको थियो । शायद मैले उसलाई कुनै प्रतिउत्तर नदिन पनि सक्थेँ तर उनी प्रति ममा यति धेरै रिस उठी रहेको थियो कि मैले पनि ‘हाय’ भनेर लेखि पठाएँ । थाहा छैन कसरी हो उसलाई म एयर होस्टेज हुँ भन्ने लागि रहेको रहेछ ।
मैले उसलाई साँचो कुरा भन्न सक्थेँ तर त्यति बेला जि’स्कीदा मलाई पनि मजा आई रहेको थियो । सानैदेखि सबैले ‘तिमी कति राम्री’ भनेको सुनेर हुर्केकी थिएँ । दुध झैँ रंग, ठुला ठुला आँखा, सुन्दर मोहडा र मिलेको सुन्दर ज्यान जो’बन । तर मेरो परिवारलाई मेरो बिहे गरिदिने कुरा ठुलो थियो । जुन केटा पहिलो चोटी हेर्न आयो त्यसैसँग लगाएर पठाई दिए । तर त्यो मान्छेलाई न रो’मान्ससँग मतलब छ न मेरो भावनासँग । मलाई के लाग्थ्यो भने बिबाहपछि मेरा श्रीमानले मलाई आँखा भरि हेर्नेछन्, रि’साएँ भने फकाउने छन्, ‘सप्राईज’ दिनेछन् र कम्तीमा केही हुन सकेन भने एक कप चिया त पकाउने छन् ।
तर म के देख्छु, त्यो मान्छेको जीन्दगी त पुरै मेशिन जस्तो रहेछ । बिहान उठ्यो, आफ्नो अफिस गयो, राती दश बजे आयो खाना खायो र सुत्यो । त्यस्तो होईन कि मलाई यी कुराहरु थाहा छैनन् । तर आफ्नी श्रीमतीलाई माया गर्न, उसलाई आँखाभरी हेर्न र अं’गालो हाले’र मायाका दुईटा शब्द बोल्न कति पो समय लाग्छ र ? कि त मेरो श्रीमानमा यस्ता भावनाहरु नै छैनन् अथवा यस्ता कुरा भन्दा उनलाई आफ्नो पु’रुषार्थमा धक्का लागेको महशुस हुन्छ । से क्स गर्छन् तर रो’मान्स पटक्कै गर्दैनन् ।
बिहे भएको एक बर्ष भयो तर अझैसम्म पनि हामीले ‘फो’रप्ले’ गरेका छैनौँ । मैले जतिसुकै मिठो खाना पकाउँ अथवा घरलाई जति सुकै चि’टिक्क पारेर राखुँ एक शब्द पनि बोल्दैनन् । सोध्यो भने ‘ठिक छ’ भन्दिनछन् । यी र यस्तै कुराहरुमा हराएकी थिएँ कि आकाशले मलाई फेरी झस्कायो । उ मेरो फोटो देख्न चाहन्थ्यो । इन्टरनेटको दुनिया मेरा लागि नयाँ थियो । फेसबुक पनि उनले नै खोली दिएका थिए । ‘फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट’ गर्न पनि उहाँले नै सिकाएको हो । तर फोटो पोस्ट गर्न ड’र लाग्थ्यो ।
तर आकाश मलाई हेर्न बेचैन थियो । केही दिनसम्म मैले उसलाई अल्झाई रहेँ । त्यसपछि मैले उसलाई म एयरहोस्टेज होईन भनिदिएँ । फोटो पठाई पनि दिन्थे तर मसँग कुनै ढंगको फोटो पनि थिएन । आकाश पनि बिबाहित थियो । तीन बर्षको छोरो थियो उसको । मल्टीनेशनल कम्पनीमा पनि काम गर्ने रहेछ । विदेश जाने आउने गरि राख्ने । निकै पार्टीहरु हुन्थे जाहाँ केटीहरुले चु’रोट खानु निकै आम कुरा थियो । तर मेरा लागि नयाँ ढंगको रो’मान्च थियो । उसकी श्रीमती पनि एउटा ठुलो कम्पनीमा काम गर्दिरहिछन् । उसले नै उनीहरुले एक अर्कालाई धेरै समय दिन नसकेको कुरा भन्थ्यो ।
एक दिन उसले भन्यो ‘आज म निकै दुःखी छु । मेरी श्रीमती मसँग यसकारण कुरा गर्न मानिरहेकी छैन् किनभने उ एउटा मिटिङमा छे ।’ म उसको भावना बुझ्न सक्थेँ । हरेक दिन जसो कुरा गर्दा निकै आ’नन्द हुन्थ्यो । यो सबै कुरा मसँग पहिलो पटक हुँदै थियो । एक चरण त कस्तो लाग्ने भने सक्दो छिटो काम सकेर कुरा गरौँ झैँ लाग्ने । एक दिन उसले वेवक्याममा आउन भन्यो । म ड’राएर अफलाईन भएँ । कस्तो लाग्यो भने आजैको दिन मैले नुहाएकी छैन यस्तै देख्यो भने के सोच्ला ।
तर अब उ मलाई जसरी भए पनि हेर्न जि’द्दि गर्न थाल्यो । के गरौँ के गरौँ भएर म उदेखि टाढिन थालेँ । उ अनलाईन हुने समय म अफलाईन हुन थालेँ । केही दिन यस्तै चलि रह्यो अनि एक दिन रिसाएर उसले मलाई ब्ल’क गरि दियो । हाम्रो कुनै स’म्बन्ध थिएन तर पनि उ नहुँनाले मेरो जीवनमा झनै रि’त्तोपन थपियो । आफैमाथि रि’स उठ्न थाल्यो कि म जागिर किन गर्दिनँ । पैसा कमाउन सक्ने थिएँ भने आफ्नै ढंगले निर्णयहरु गर्न सक्ने थिएँ ।
त्यसको केही समयसम्म म कसैसँग बोलिनँ तर, जति बेला पनि आकाशकै कुरा मनभरी खेल्थ्यो । उसँग हुँदा दिन कति छिट्टै बित्थ्यो । केही नभई त्यसै एक्लै हाँस्ने गर्थेँ । त्यसरी हेर्ने हो भने यसको सबै भन्दा ठुलो फाईदा मेरो श्रीमानलाई नै भयो । उनले केही पनि नगरिकन मेरो जीवनको त्यो खाली ठाउँ भरिएको थियो जुन कुरा उनले कहिलै देख्न सकेनन् । फेरी अर्को कोणबाट सोच्ने हो भने मैले केही गल्ती पनि गरेकी होईन । न मैले कसैलाई धो’का दिए न म कसैसँग सु’तेँ ।
मात्र कुराकानी गरेँ त्यो पनि केका लागि भन्दा म कसैकी श्रीमती मात्र होइन म मान्छे पनि त हुँ जसका आफ्ना केही इच्छा आकांक्षाहरु हुन्छन् । अब के गर्ने र के नगर्ने भन्ने दु’विधामै केही दिन थप बिते । त्यसपछि एक दिन यसै गरी एउटा केटाको प्रोफाईल हेरेँ । अनुहार पनि राम्रै थियो । थाहा छैन मलाई के लाग्यो मैले उसलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएँ । उसले भन्यो ‘तपाईं त बिबाहित हो अनि मलाई रिक्वेस्ट किन पठाएको’ ? मैले भने ‘के बिबाहित महिलाहरुले साथी बनाउन हुँदैन।’
त्यसपछि के थियो कुरा अगाडि बढ्यो । म आज पनि उसको स’म्पर्कमा छु । यसैगरी एक दिन फेसबुकमा एउटा प्रोफाईल देखेँ जसको वालमा केही सिनेमाका कलाकारहरुको फोटो थियो । मलाई लाग्यो यो मान्छे निकै हाँसो ठट्टा गर्ने मान्छे होला यसको वालमा नयाँ नयाँ कुरा देख्न पाईनेछ । मैले उसलाई ‘फ्रेन्डरिक्वेस्ट’ पठाएँ । उसले एक्सेप्ट पनि ग¥यो । यसैगरी जीवन घस्री राख्याथ्यो कि छोरी भैहाली । त्यसपछि सबै कुरा टक्क अडियो । पहिलो दुई बर्षसम्म त कुनै होस नै रहेन कि म कहाँ छु ।
अब छोरी तीन बर्षकी भैसकी तर अहिले पनि आफ्ना लागि समय निकाल्न सजिलो छैन । घरी घरी कसैसँग कुरा गरौँ भन्ने लाग्छ तर जसै फोन उठायो छोरी विडियो हेर्न भनेर आई पुग्छे । कहिले काँही त निकै ‘फ्र’स्टेसन’ हुन्छ । मलाई यो के भैरहेको हो ? यसरी जीवन जीउनुको अर्थ ? भन्ने लागि रहन्छ । मात्र एउटी आमा र कसैकी स्वा’स्नी बनेर मेरो जी’वन सकिएको छ । त्यसैले मैले के निर्णय गरेकी छु भने मैले यी सबै आफ्नी छोरीको जीवनमा हुन दिन्न । उसलाई केही बनाउनेछु । उसले आफ्नो जीवन आफ्नै मुल्य र सर्तहरुमा बाँचोस । रातोपाटी डटकम बाट।
Generic Viagra Available In Usa
Keflex Urinary Tract Infections
Foro Cialis Original
hydroxychloroquine buy online amazon
Mode Of Action Of Amoxicillin
Symptoms Of Allergic Reaction To Amoxicillin
Keflex And Pregnant Women
Online Generic Doryx Ups Medication Cash Delivery
78 buy azithromycin chlamydia treatment
what happens if a woman takes propecia