उदारणीय घरबेटी : जसले को’रोना देखिएर बाहिरै बसेकी युवतीलाई घरमै आइसोलेसन

विराटनगर: विराटनगर महानगरपालिका–३ मा भाडा बस्ने १९ वर्षीया युवतीमा दुई साताअघि को’रोना संक्रमण पुष्टि भयो। काठमाडौं घर भएकी उनी १४ वर्षीय भाइलाई साथमै राखेर उनी काठमाडौंमै बस्थिन्। बन्धन सिमेन्टका मेनेजर रहेका बाबु भने आमासहित विराटनगरमा कोठा भाडा लिएर बस्थे। को’रोनाका कारण क्याम्पसको पढाइ बन्द भएपछि बाबु र आमा भएकै ठाउँमा विराटनगर आएकी युवतीलाई संक्रमण देखियो।

पहिलो पटक परिवारभित्र युवतीका ठूलोबामा को’रोना देखिएको थियो। विद्युत प्राधिकरणका प्राविधिक रहेका विराटनगर–३ का ५७ वर्षीय उनका ठूलोबाको भने साउन २८गते विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारकै क्रममा मृ,त्यु भइ सकेको छ। को’रोना संक्रमित ठूलोबाको सम्पर्कमा रहेका कारण ‘कन्टयाक्ट ट्रेसिङ’मा परेका उनीसहित परिवारका चारै जनाले स्वाबको परीक्षण गराए।

पीसीआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आयो। बाबु, आमा र भाइको भने रिपोर्ट नेगेटिभ आयो। त्यसपछि आत्तिएका बाबुआमाले भाडा बसेको घरमा नराखिकन युवतीलाई बाहिरबाहिरै राख्दै आएका थिए। तर उनलाई को’रोना संक्रमण भएकाले अन्यत्रै लगिएको कुरा चाल पाएका घरबेटी कृष्णकुमार सुवेदी र पत्नी राधा सुवेदीले युवतीलाई बाहिर नराख्न तथा बोलाएर आफ्नै घरको एउटा कोठामा राख्न आग्रह गरे।

सुवेदी दम्पत्तिले संक्रमित युवतीलाई राख्नका लागि घरमै एउटा कोठा आइसोलेसनका लागि छुट्याइदिए। युवती १० दिनदेखि घरबेटीकै घरको एउटा कोठामा ‘होम आइसोलेसन’ छिन्। उनको दोस्रो पटक स्वाब परीक्षणको तयारी भइरहेको छ। यो खबर अन्नपुर्ण पोस्टमा किशोर बुढाथोकीले लेख्नु भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.