नेहा झा,जनकपुरधाम । मिर्गौला पीडित धनुषाका एक युवकलाई अस्पतालले उपचार गर्न नमान्दा भएको ढिलाईले मृ त्यु भएको छ। धनुषाको सबैला नगरपालिका वडा नम्बर २ का ३० वर्षीय प्रमोद महतोको उपचार नपाएकै कारण मृ त्यु भएको हो। महतो विगत एक वर्षदेखि मिर्गौलाको समस्याबाट ग्रसित थिए। लकडाउन अघिदेखि नै उनको उपचार भइ रहेको थियो।
तर लकडाउन र निषेधाज्ञा लगतार जारी रहेपछि उनको नियमित उपचारमा समस्या देखिन सुरू भएको थियो। मिर्गौलाको समस्याले छट्पटाएका प्रमोदलाई गत मंगलबार जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याइयो।
प्रमोदलाई अस्पताल पुर्याउँदा न उनी राम्ररी उभिन सक्थे न बोल्ने सामर्थ्य थियो। प्रमोदलाई प्रादेशिक अस्पतालको कोठासम्म पुर्याउनका लागि उनका वृद्ध आमाबुवाले काँध हालेर सहारा दिएका थिए। उनलाई डाइलसिस कक्षमा उपचारका लागि लैजाने प्रयास गरिरहेकै बेला अस्पतालका सुरक्षा गार्ड तथा स्वास्थ्यकर्मीले भित्र छिर्न दिएनन्।
उनका आमाबुवाले पटक पटक त्यहाँ खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचारका लागि अनुनय गरे। छोरा प्रमोदको अवस्था दयनीय हुँदै गएपछि सक्दो चाँडो डाइलासिस गरिदिनका लागि आग्रह गरे।
अस्पतालले प्रमोदको भर्ना नलिएपछि बुवा जोगेन्द्रले चिनेजानेका जनप्रतिनिधिलाई फोन गरे। जनप्रतिनिधिले अस्पतालका स्वास्थ्यकर्मीलाई फोन गरेर उपचारका लागि आग्रह गरे पनि अस्पतालले भर्ना भने लिन मानेन।
‘कोरोनाका बेला यस्तो बिरामीलाई हामी भर्ना लिदैनौं, यहाँबाट बाहिर लानुस् भनेर डाक्टरले फर्काइदिए, गेटबाट भित्र पनि पस्न दिएनन्’ प्रमोदका बुवा जोगेन्द्रले आँशु झार्दै भने, ‘धेरैबेर भएपछि अवस्था झनै बिग्रिँदै गयो, प्रमोदको जिउ फुलेर एकदमै मोटो देखिन थाल्यो।’
छोराको होस हराउन थालेपपछि, बुवाआमा आत्तिन थाले। जोगेन्द्रले भने, ‘अन्त्यमा डाक्टरको खुट्टा पनि ढोग्यौ तर डाइलासिस गर्न मानेनन्।’
करिब एक वर्षअघि काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा जाँच गराउँदा उनलाई मिर्गौलामा समस्या देखिएको थियो। त्यसयता उनी नियमित औषधि सेवन गर्दै आइरहेका थिए।
प्रमोदकी फुपु ललिताले भतिजोको एक साताअगाडि मात्रै टिचिङ अस्पतालमा उपचारपछि घर फर्केको बताइन्। स्वास्थ्य अवस्थामा सुधार आएपछि घर फर्केको उनले बताइन्।
‘डाक्टरले अझै केही दिन डाइलासिस गर्नुपर्छ भनेका थिए, तर प्रमोदले घर जाने जिद्दी गरेपछि फर्कियौं, तर यहाँ आएर उपचारै पाएनन्,’ उनले भनिन्।
मंगलबार करिब तीन बजे अस्पताल पुगेका आमाबुवाले साँझ सात बजेसम्म समेत कुनै उपाय नदेखेपछि गम्भीर अवस्थामा रहेका छोरालाई घर ल्याउने बाहेक अन्य कुनै विकल्प देखेनन्।
छोरालाई राखेर बुवा एम्बुलेन्स खोज्दै हिँडे। करिब आधा दर्जन एम्बुलेन्स चालकसँग उनले घरसम्म पुर्याइदिन आग्रह गरे। ‘तर बिरामीको अवस्था देखेर कुनै एम्बुलेन्सले लैजान मानेनन्’ बुवा जाेगेन्द्रले भने।
जसरी पनि छोरालाई लिएर घरसम्म पुग्नुपर्ने देखेपछि उनी टयाक्सी र जिप चालकलाई आग्रह गरे। अन्ततः अटोमा राखेर प्रमोदलाई लिएर घर फर्केको उनकी फुपु ललिताले बताइन्।
उपचार नगराई घर ल्याइएका प्रमोदको अवस्था देखेर आमाबुवा तथा बहिनीको आँखा पनि रसाए। ‘उपचार नपाएर छोरा तड्पेको देखिरहेका हामीले राति खाना निल्न पनि सकेनाैं’ बुवाले भने।
बिहानैदेखि आफन्त तथा छरछिमेकलाई भनसुन गरी छोरालाई उपचारका लागि बाहिर लैजाने योजना बनाए।
‘बाहिर लैजाने कोही थिएनन्, निषेधाज्ञाका कारण आफन्त र नातागोताका मानिस आउन समय लाग्यो’ बुवा जोगेन्द्रले भने ‘बुधबार दिउँसो करिब २ बजे प्रमोदको उपचारका लागि एम्बुलेन्समा राखेर धरान लगिँदै थियो, सिराहाको गोलबजार नकट्दै बाटोमै उनको श्वासप्रश्वास बन्द भयो।’
यता प्रादेशिक अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै बिरामीको उपचारसम्बन्धी कुनै कागजात नरहे पनि चिकित्सकले उपचार गरेको दाबी गरेको छ।
‘बिरामीलाई जाँच गरेर एक्सरे, ब्लड टेष्ट, सिबिसी, आरएफटी, चेष्ट एक्स रे, युरिन आरईलगायत विभिन्न परीक्षण गराउन भनेकोमा कुनै जानकारी नै नदिई विरामीका आफन्त आफै बाहिरिएका हुन्’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
परिवारका अनुसार मिर्गौलाको समस्या देखिन थालेपछि प्रमोदले योगासँगै पतञ्जलीको औषधि सेवन गर्दै आएका थिए। तैपनि उनको स्वास्थ्य अवस्थामा सुधार नआएको उनका फुपु ललिताले बताइन्।
स्वास्थ्य अवस्था बिग्रिन थालेपछि लकडाउन सुरु हुन लागेकै बेला काठमाडौंमा बस्दै आएका प्रमोद घर फर्केका थिए। घरमा बस्दा उनको अवस्था झनै खराब भयो।
‘शरीर नै फुल्न थाल्यो, पेट फुलेर खाना पच्न छोड्यो र पछि हात सुकेर हतकेला सुनिन थालेको थियो तर लकडाउन भएकाले उपचारका लागि लैजान पनि समस्या भयो’ उनले थपिन्। नेकपा नेता मातृका यादवको पहलमा पछि काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको उनले बताइन्। त्यहाँ उपचारपछि नियमित डाइलासिस गर्नेगरी उनलाई घर ल्याइएको थियो।-सेतोपाटीबाट
best place to buy generic viagra online mexican viagra
cost of viagra
ed pills online erectyle dysfunction
erection pills
buy ed drugs cheap ed pills in mexico
buy ed pills
buy ed pills from canada cheap ed pills from canada
cheap ed pills from canada