‘कृपया मेरो घरतिर नआउनुहोला, भेट्न परे मै त्यता आउँला’ – केदार घिमिरे ‘माग्ने बुढा’

काठमाण्डौँ । कोरोनाको कहर दिन प्रतिदिन बढ्दो छ । जसका कारण सबै मानिस त्रसित छन् । कोरोनाको कहरका कारण फिल्म क्षेत्र पनि लामो समयदेखि बन्द छ । लकडाउन अवधिभर काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या न्यून थियो । तर, अहिले संक्रमितको संख्या उच्च देखिएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब एकसय पुगिसकेको छ । कोरोनाबाट बच्नका लागि चिकित्सकहरुले कसैसँग भेटघाट नगर्न, हात नमिलाउन, अङ्कमाल नगर्न आग्रह गरिरहेका छन् । यस्तैमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हाँस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ कसैलाई पनि आफ्नो घरमा नआउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उक्त आग्रह गरेका हुन् ।

उनले लेखेका छन्– ‘कृपया मेरो घरतिर नआउनुहोला । भेट्न परे मै त्यता आउँला । कोभिड १९ ।’ घिमिरेको यो पोष्टलाई धेरैले शेयर र लाइक समेत गरेका छन् । घिमिरे अचेल अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्किदैनन् । त्यसैले उनले फेसबुकमै सूचना जारी गरेर आफूलाई भेट्न घरमा नआउन आग्रह गरेका हुन् । -रातोपाटी

9 Trackbacks / Pingbacks

  1. hydroxychloroquine 40 mg
  2. viagra 25 mg
  3. keto quiche
  4. zithromax generic cost
  5. buy 5mg cialis online
  6. pills from canada
  7. ivermectin usa
  8. best ed drug
  9. clomid coupon

Leave a Reply

Your email address will not be published.