बृहत् सहमति गरेर विवाद समाधान गर्न ओली-प्रचण्ड सहमत, पौडेलको संयोजकत्वमा कार्यदल गठन

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे जारी विवाद समाधान गरी वृहत सहमति गरेर अगाडि बढ्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाआल सहमत भएका छन् । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा ओली र प्रचण्डबीच विवाद समाधानको लागि कार्यदल नै गठन गरेर वृहत सहमति गर्ने निर्णय भएको हो ।

पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । सो कार्यदलमा नेताहरू डा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सदस्य रहेका छन् ।

उनीहरुले आगामी महाधिवेशनदेखि निर्वाचनसम्मलाई लक्षित गरेर शीर्ष नेताहरुको कार्यविभाजनदेखि जारी विवादको समाधान तथा राजनीतिक विचारधाराको पनि समाधान खोज्नेछन् ।

गत असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि पार्टी आन्तरिक विवादमा फसेको थियो । विवाद बढ्दै जाँदा पार्टी फुट्नसक्ने बिभिन्न आँकलन भएरहेको बेलामा नेकपामा सहमतिको लागि कार्यदल बनेपछि नेकपा नेता तथा कार्यकर्तामा उत्साह पैदा भएको छ ।

9 Trackbacks / Pingbacks

  1. plaquenil 200 mg 60 tab
  2. keto pancakes
  3. zithromax 500mg price
  4. ivermectin lice oral
  5. erection pills that work
  6. hydroxychloroquine 200mg tablets
  7. cost of plaquenil
  8. best price for plaquenil
  9. clomid 100mg

Leave a Reply

Your email address will not be published.