घलेगाउँ होमस्टे भदौ १ गतेबाट खुल्ने

बेंसीसहर : को’रोना त्रास तथा लक डाउनका कारण बन्द सार्क राष्ट्रको नमुना घलेगाउँ होमस्टे भदौ १ गतेबाट सञ्चालनमा आउने भएको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर होमस्टे सञ्चालनमा ल्याउन लागिएको ग्रामीण पर्यटन घलेगाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले जानकारी दिए।

‘भदौ १ गतेबाट आन्तरिक पर्यटकका लागि खुला गर्ने निर्णय गरेका छौं’ घलेले भने, ‘देशको अवस्था हेरेर विस्तारै प्रदेश र देशभरका पर्यटकका लाखि खुला गर्दै जान्छौं।’ उनका अनुसार गाउँमा आउने पर्यटकले भने तोकिएको स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । होमस्टेमा आउने पर्यटकका लागि सावुनपानीले अनिवार्य हात धुनुपर्ने, मास्क लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, ज्वरो जाँच गर्नुपर्ने, एउटा कोठामा २ जना मात्र बस्नुपर्ने जस्ता मापदण्ड बनाइएको छ।

परिवार नै आएमा सबै जना एउटै घरमा राख्ने व्यवस्था मिलाइने समितिले जनाएको छ। परम्परागत गुरुङ संस्कृति झल्कने घाटु, सोरठी, सेर्गा, कृष्णचरित्र, घ्याब्रे जस्ता नृत्य र भीड भाड हुने कार्यक्रम सञ्चालन नगरिने समितिका सचिव उमल विकले बताए। पर्यटन समितिका सचिवालय सदस्य दीर्घराज घलेका अनसार पर्यटकका खानपिन तथा बसोबासका लागि यसअघि बनाइएको शुल्क नै यथावत राखिएको छ।

लगडाउनको समयमा गाउँ आउने पर्यटकलाई ५० हजार र पर्यटक राख्ने घरलाई १० हजार जरिवानाको नियम बनाइएपछि चार महिनायता होमस्टे बन्द छ । समुन्द्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको घलेगाउँमा २०५७ देखि सुरु होमस्टे सञ्चालनमा आएको हो। एक सय २५ घरधुरी रहेको यस गाउँमा ३८ घरमा पाउना राख्न सकिन्छ। आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.