काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको छ । हाल यो दल देशकै तेस्रो प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ ।
वैशाख १० गते मध्यरात दुई पार्टी बीच एकता भएको घोषणा भएको थियो । दुई पार्टीबीच एकीकरण भइ बनेको जसपा नेपालले निर्वाचन आयोगबाट साउन २८ गते एकीकृत दलका रुपमा प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ ।
पछिल्लो चरणमा समाजवादी र राजपा नेपालबीच एकीकरण भई जसपा नेपाल गठन भए पनि त्यसअघि कयौं दलहरुबीच एकताका चरण पार गर्दै यो अवस्थासम्म पार्टी आइपुगेको हो ।
त्यसैले पनि आगामी दिनमा पार्टीको भविष्य कस्तो हुन्छ, सरकारमा जाने सम्भावना कति छ, संगठन कस्तो हुन्छ, निर्वाचनमा पार्टीको अवस्था कस्तो हुन्छ लगायतका विषयलाई ज्योतिषशास्त्रअनुसार विश्लेषण गर्न जसपाका केही नेताले ज्योतिष लगाएर पार्टीको चिना बनाएका छन् ।
जसपाकै एक नेताबाट राटोपाटीलाई प्राप्त चिनाअनुसार जनता समाजवादी पार्टीका लागि शुरुवाती दिन राम्रो भएपनि मध्य त्यति ठिक नरहेको देखाएको छ । वैशाख १० गते राति ११ बजे पार्टीको नामाकरण तथा असार २४ गते ३ः२५ बजे निर्वाचन आयोगले पार्टी दर्ता गरेकोलाई आधार मानेर नेपाल संस्कृत विश्वविद्यालयका उपप्रध्यापक एवं ज्योतिषी नवीनकुमार झाले सो चिना बनाएका हुन् ।
उनले जसपा नेपालका शीर्ष नेताहरुकै आग्रहमा आफूले पार्टीको चिना बनाएको बताए । समय अभावका कारण २०८० सम्मको मात्र भविष्यवाणी गरेको उनले बताए ।
असार २४ गतेदेखि पुस ५ गतेसम्म पार्टीको आर्थिक क्षेत्रमा सुधार हुनुका साथै प्रभाव वृद्धि एवं समाजमा प्रतिष्ठा तथा स्थायित्वको लागि राम्रो समय रहेको चिनामा उल्लेख छ । यो समयमा पार्टी सरकारमा जाने अवस्था समान्यता ठिकै रहेको तर समायोजनका लागि केही संघर्ष गर्नुपर्ने अवस्था चिनामा देखिएको छ ।
२०७७ पुस ६ गतेदेखि २०७८ जेठ २ गतेको बीचमा पार्टीभित्र आन्तरिक कलह शुरु हुने चिनामा उल्लेख छ । पार्टीका नेताहरुमा पद प्राप्तिका लागि मनमुटाव हुने र त्यसका लागि पार्टीमा संघर्ष गर्नुपर्ने अवस्था रहने परिस्थिति चिनामा देखिएको छ । स्रोतका अनुसार ग्रहगोचरले त्यो समय केही नेताहरुले पार्टी छाडेर जान सक्ने र नेताहरुको बीचमा मनमुटाव हुने देखाएको छ ।
यो ग्रह कटाउनका लागि ज्योतिषी झाले दुईवटा जप गर्न पनि सुझाव दिएका छन् । पार्टीभित्रको आन्तरिक संघर्ष तथा आपसी खिचातानीलाई समाप्त गर्नका लागि केतु र प्रशासनिक अवरोध हटाउनका लागि सातहजार मंगल जप गर्न उनले नेताहरुलाई सुझाव दिएका छन् ।
२०७८ जेठ ३ गतेदेखि २०७९ साउन २ गतेसम्म पार्टीका लागि राम्रो समय रहेको चिनामा उल्लेख छ । पार्टीको कार्यक्षेत्रमा प्रगति एवं विस्तारका लागि धेरै राम्रो समय रहेको उल्लेख गरिएको छ । त्यो बेला सत्ता प्राप्तिका लागि पनि अनुकुल समय रहेको चिनामा देखिएको छ । यही अवधिमा पार्टी कार्यालयको स्थान परिवर्तन हुने भनिएको छ ।
२०७९ साउन ३ गतेदेखि २०८० असार ८ गतेसम्म पार्टीका लागि चुनाव लक्षित ग्रहगोचर राम्रो रहेकोे चिनामा विश्लेषण गरिएको छ । यो अवधिमा पार्टीले चुनावमा भाग लियो भने राम्रो सफलता प्राप्त गर्ने बताइएको छ ।
रातोपाटीलाई प्राप्त चिनाको विश्लेषण गर्दै सहकर्मी ज्योतिषी दुर्गाप्रसाद भण्डारीले जनाएअनुसार पार्टीको स्थापना र समयका आधारमा चिनामा राम्रो विश्लेषण गरिएको छ । जसपा नेपाल सरकारमा जानका लागि थुप्रै संघर्ष गर्नुपर्ने देखिएको ज्योतिष भण्डारीले जनाए ।
सरकारमा गएपनि छोटो समयका लागि जाने बताउँदै उनले राज्यभावको कारक ग्रह सूर्य अष्टम भाव राहुसँग बसेका हुनाले जसपा नेपालको राज्य योग त्यति राम्रो नरहेको उनले बताए ।
पार्टीको आर्थिक अवस्था भने राम्रो रहने देखिएको उनको भनाइ छ । व्यापारीहरुसँग जसपा नेपालको राम्रो सम्बन्ध हुनका साथै पार्टीका लागि सबैभन्दा बढी आर्थिक सहयोग बाहिरबाट आउने ग्रहगोचर देखिएको उनले बताए ।
सो पार्टीका नेताहरुले जथाभावी बोल्दा पार्टीलाई क्षति हुने साथै पद र प्रतिष्ठाका लागि नेताहरुको बीचमा लामो संघर्ष चल्ने उनको भनाइ छ ।
चिनाको व्याख्या गर्दै ज्योतिष भण्डारीले भने, ‘२०८० जेठ २९ पछि यो पार्टी अस्तित्वमा रहँदैन, यो पार्टी कुनै अर्को पार्टीसँग समायोजन हुनेछ वा कुनै पार्टीमा विलय हुन्छ वा अरु कुनै पार्टीलाई आफूमा विलय गराउनेछ ।’
२०७९ असार २२ गतेसम्म पार्टी ठिकठाक सञ्चालन भए पनि त्यसपछि पार्टी फुटाउने प्रयास पार्टीभित्रकै नेताहरुबाट हुने सम्भावना चिनामा देखिएको छ ।
ज्योतिष झाले यसअघि राजपा नेपालको पनि यसैगरि चिना बनाएर भविष्यवाणी गरेका थिए । उनले भने, ‘राजपा नेपालको पनि मैले यसैगरी भविष्यावाणी गरेको थिएँ, मैले गरेको भविष्यवाणी अनुसार पार्टी अगाडि बढेको थियो । यो जसपा नेपालको पनि २०८० सम्मको मात्र भविष्यवाणी गरेको छु, हेरौं यसको भविष्य कस्तो हुनेछ ।’-रातोपाटीबाट
tadalafil dosage – buy tadalafil online overnight shipping tadalafil generic online
celebrities on propecia – http://finasteridepls.com/ monthly cost of propecia
propecia hair growth – propecia amazon how long does it take for finasteride to work
generic tadalafil at walmart – tadalafil or sildenafil which is better tadalafil generic online
Iyeiit – Real viagra sildenafil price cvs
Gphuyy – provigil for sale Prqvoq chezra
Nelavf – can you buy ed pills over the counter Jhguzr lczccs
Lbezjc – furosempi.com Zeyzpx oiotgx