सिद्धबाबालाई अस्पतालबाट अदालत लगियो

सुनसरी,२०मंसिर। क र णीको आरोप लागेका बराहक्षेत्र चतराधामका धर्मगुरु कृष्णदास गिरीलाई सिद्धबाबालाई प्रहरी अस्पतालबाट जिल्ला अदालत सुनसरी लगेका छन् ।

चार दिनको म्याद सकिएपछि म्याद थपका लागि अदालत लगिएको हो । डिएसपी विनोद शर्माको टोली अस्पताल पुगेर उनलाई अदालत लगेको हो ।

उनलाई सोमबार विहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।
अनुसन्धानका लागि थप समय प्रहरीले मागेपछि जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले चार दिनको म्याद थप गरेको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.