ह्याम्स अस्पतालमा कोरोनाभाइरसको स:शुल्क परीक्षण सुरु

काठमाडौं । काठमाडौंको धुम्वाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी प्रा.लि.(ह्याम्स अस्पताल)ले कोरोनाभाइरस (कोभिड–१९) को स:शुल्क परीक्षण शुरु गरेको छ ।

हालसम्म पिसिआरको रिर्पोट आउन ३/४ दिन लाग्ने बाध्यताबाट मुक्त हुँदै अस्पतालमा आरटी पिसिआर परीक्षण शुरु भएपश्चात शल्यक्रिया गर्नुपर्ने, अन्य उपचारका प्रविधिहरु अपनाउनु पर्ने तथा आईसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने अस्पतालले विश्वास लिएको छ ।

साथै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु, कुटनीतिक नियोगका कर्मचारीहरु, अन्य अस्पतालका बिरामीहरुले समेत सो अस्पतालमा आरटी पिसिआर परीक्षण सशुल्क गराउन पाउने छन् ।

नेपाल सरकारद्वारा तोकिएको शुल्क पाँच हजार पाँच सयमा कोभिड–१९ आरटी पिसिआर परीक्षण गरिने पनि अस्पतालले जनाएको छ ।

अस्पतालले सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदै कोभिड–१९ को विश्वव्यापी महामारीको विषम परिस्थितीमा समेत नियमित रुपमा गुणस्तरीय सेवा संचालन गरिरहेको जनाएको छ ।-रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: