धिक्कार छ दुईतिहाइ सरकार’ भन्दै उदयपुरको बेलका नगरपालिकाकी उपमेयरले गरिन् राजीनामा घोषणा

काठमाडौं, साउन ८ । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिने घाेषणा गरेकी छन्।

बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै जनतासँग माफी माग्दै पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी हुन्।

‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ, दुईतिहाइ सरकार!’

उनले विषयवस्तु भने खुलाएकी छैनन्।

चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन्। स्रोतका अनुसार नगरपालिकामा कर्मचारीको विषयमा विवाद भएको छ।

10 Comments

1 Trackback / Pingback

  1. keto shrimp recipes

Leave a Reply

Your email address will not be published.