घरमा अप’हर’णमा परेको नाटक गरेर होटलमा केटीसँग मस्ती

काठमाडौं । एक ब्यापारीले घरमा फोन गरेर आफू अप’हर’णमा परेको बताए । घरका सदस्य आुत्तिएर यता उता फोन लगाउन थाले । कुरो प्रहरीसम्म पुग्यो । प्रहरी पनि काठमाण्डौंमा भएको एक हप्ता भित्रको दोश्रो अप’ह’रण सम्बन्धी सूचनाले चनाखो भयो । आफ्नो संयन्त्र प्रयोग गरेर पी’डित भनिएकाको खोजी गर्न थाल्यो । अप’हर’णमा परेको भनिएका ब्यक्तिलाई प्रहरीले पत्ता त लगायो तर केटीसँग मस्ती गरिरहेको अवस्थामा ।

अहिले उनी पक्राउ परेका छन् । उनले ऋण तिर्नबाट जोगिने उद्देश्यले आफू अपहरणमा परेको नाटक गरेका रहेछन् । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका अनुसार गत असार २४ गते काठमाडौं महानगरपालिका–४, चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मी बेप’त्ता भएका थिए । बिहान ६ बजे घरबाट निस्किएका उनी सम्पर्क विहीन भएर अप’हर’णमा परेको नाटक गरेको प्रहरीको भनाइ छ । महाशाखामा भने उनी अप’हर’णमा परेको भनेर यही साउन २ गते जानकारी गराइएको थियो ।

अप’हर’णमा परेको सूचनापछि खोजी गर्दा उनी काठमाडौंको नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीका साथ बसेको अवस्थामा फेला पारिएको महाशाखाले जनाएको छ ।जग्गा व्यवसाय गर्छु भनेर कयौंसँग उनले करोडौँ रुपैया लिएको र पैसा तिर्नु नपरोस् भनेर आफू अप’हर’णमा परेको नाटक गरेको प्रारम्भिक बयान रेग्मीले दिएको प्रहरीको भनाइ छ ।

अप’हर’णमा नपरीकनै प्रहरीलाई झुटो सूचनामार्फत हैरानी दिइ राज्यका स्रोत–साधनको दूरुपयोग गराएकाले आवश्यक कारवाहीका लागि उनलाई सम्बन्धित कार्यालयमा पठाइएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.