टोल सुधार समितिले नै बोक्सीको आरोप लगाउँदै गाउँ निकाला गरेपछि…

काठमाण्डौ , २० मंसिर । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ स्याखुका रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ दम्पतीलाई उनीहरु बस्दै आएको गाउँवाट गाउँले र स्थानिय मिलेर गाउँ निकाला गरेको छ । टोल सुधार समिति नै मिलेर आफुहरुलाई गाउँ निकाला गरेको उनीहरुले बताएका छन् । अहिले काठमाडौंमा बस्दै आएका उनीहरुले गाउँलेले आफुहरुलाइै बोक्सिको आरोप लगाउँदै एक्ल्याएको बताए । सामाजिक बहिष्कारमा परेपछि उनी छोरा भएको स्थान काठमाडौंमा आएका छन् । रत्नबहादुरका पाँच जना छोरा छन् । दुई जना विदेशमा र तीन जना नेपालमै छन् ।

रत्नबहादुर बैद्य हुन् । उहाँ झारफुक गरी बिरामीलाई निको पार्ने र जडुबुढीबाट औषधी बनाउने काम गर्छन । रत्नबहादुरलाई गाउँकै धामिझाँक्रीको समूहले इन्द्रजालको किताब पढ्दै टुनामुना लगाउने गरेको भन्दै गएको मंसिर १ गते स्याँखुमा रहेको टोलसुधार समितिलाई उजुरी गरेको थियो ।

धामिझाँक्रीको उजुरीमा टोलसुधार समितिले बोलाएको बैठकमा रत्नबहादुर र उहाँकी श्रीमती कृष्णमाया श्रेष्ठ बोक्सी भएको भन्दै समाजिक बहिस्कार गर्ने निर्णय गरेको हो । समाजमा हुने कुनै पनि काममा बोलाए मात्र जान पाउने, हिडदा पनि कसैलाइ छुन नपाउने गरी हिड्नुपर्ने । गाउँभन्दा टाढा कोही नभएको ठाउँमा बस्नुपर्ने भन्दै धामिझाक्रीसहित बसेको बैठकले निर्णय सुनाएपछि उनीहरु गाउँमा बस्न नसकेर काठमाडौं आएका छन् । सामाजिक बहिष्कार गरेको माइन्युटमा उल्लेख नभएपनि बैठकमा भने श्रेष्ठ दम्पतीलाई गाउँमा हुने भोजभतेरमा जान नदिने एक्लो बनाइने निर्णय गरिएको छ ।

गाउँलेले सामाजिक बहिष्कार गरेपछि श्रेष्ठ दम्पती जिल्ला प्रहरी कार्यालय चरीकोटमा टोलसुधार समितिका अध्यक्षसहित ९ जनाविरुद्ध जाहेरी दिएका छन् । जाहेरीपछि प्रहरीले स्याँखु टोल सुधार समितिका अध्यक्ष रत्नबहादुर श्रेष्ठलाई पक्राउ गरे पनि अरु भने फरार रहेको प्रहरीले जनाएको छ । श्रेष्ठका काइँला छोरा सक्षम श्रेष्ठ आमाबुवामाथि भएको ‘घटनाबारे छानबिन गरी पाउँ’ भन्दै मंसिर ११ गते मानव अधिकार आयोगमा उजुरी दिन गएका छन् ।

यता श्रेष्ठ दम्पतीले भने आफूमाथि भएको घटनाको सत्यतथ्य छानबिन गरी न्याय पाउनुपर्ने बताउँदै आएका छन् । आरोप र कुटपिट सहँदै बसेका उनीहरु यो पटक भने न्याय नपाएसम्म गाउँ नफर्कने बताउँछन् । आर्थिक विपन्नता सहँदै आएका उनीहरु सामाजिक वहिष्करणमा परेपछि भने बस्नै नसकेर आफ्नो थातथलो छोडेर हिड्नु परेको बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.