चर्को भाडा लिएर यात्रु बोक्ने १६ गाडी पक्राउ

काठमाडौं । लकडाउनको कारण सार्वजनिक बस बन्द भएको अवस्थामा निजी सवारी साधानले चर्को भाडा लिएर यात्रु बोक्न थालेका छन् ।

सार्वजनिक बस बन्द गरिए पनि सरकाले निजी सवारी साधानलाई भने असार १ देखि जोरबिजोर आधारमा संचालन हुन दिएको छ ।

जोरबिजोर आधारमा चलेका निजी गाडीले भाडा लएर यात्रु ओसार पसार गर्न थालेका हुन् । भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत निजी सवारीसाधनले चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधनलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजन विपरीत यात्रुसँग भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारवाही गरिएको जानकारी दिनुभयो । ‘लकडाउनको को समयमा सार्वजनिक सवारीसाधन नचलेको मौका छोपेर प्रयोजन विपरीत निजी सवारीसाधन चलाएकाले पक्राउ गरेका हौँ’, उहाँले भन्नुभयो ।

यातायात व्यवस्था ऐन, २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था उल्लेख छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.