”इनफ इज इनफ’ अभियानद्वारा आमरण अनसनसँगै प्रदर्शन

कृष्ण खड्का,काठमाडौं । कोभिड-१९ को सवल व्यवस्थापन तथा जनताको जीवन रक्षाको निम्ति भन्दै ‘कोभिड- १९ इनफ इज इनफ’ अभियानले प्रदर्शन गरेको छ ।

बिहीबार पाटन दरबारस्थित कृष्णमन्दिर अगाडि भएको प्रदर्शनमा ‘सरकारको लापरबाहीले जनता मर्दैछन्, आरडिटी रोक, पीसीआरको बढाउ, क्वारेन्टिन सुरक्षित गर’ लगायतका नारा लगाएका थिए ।

यसअघि उक्त अभियानमा स्वतन्त्र युवाको मात्र सहभागी हुने गरेकोमा बिहीबारको प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता र नागरिक अगुवाको पनि सहभागिता रहेको थियो ।

कोभिड – १९ को सबल व्यवस्थापन तथा जनताको जीवन रक्षाको निम्ति भन्दै ईः, पुकार बम, सुधन गुरुङ र सुवानी सिजापति ७ दिनदेखि आमरण अनसनमा बसेको छन् ।

उनीहरुको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि विरोध प्रदर्शनलाई पनि अगाडि बढाउने योजना अनुसार आज प्रदर्शन भएको थियो ।-रातोपाटी

12 Comments

Leave a Reply

Your email address will not be published.