टिपरको ठक्‍करबाट घा’इते भएका सैनिक जवानको मृ त्यु

गोरखा । टिपरको ठक्‍करबाट घाइते भएका एक सैनिक जवानको मृ त्यु भएको छ। गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा हिजो टिपरको ठक्करबाट घाईते भएका गोरखा पालुङ्टार–३ का प्रेम परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृ त्यु भएको हो।

उनीसँगै घाईते भएका अन्य तीन जनामध्य टाउकोमा गम्भीर चोट लागेका सैनिक जवान ललितपुर बज्रबाराहीका रञ्जित रानाको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा आईसियुमा उपचार भैरहेको छ। बाँकी दुई घाईते जिल्ला अस्पताल गोरखामा उपचार गरि गणमा फर्किएका छन्। उनीहरु रणसिंह दल गण गोरखामा कार्यरत थिए।

हिजो साँझ गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपले ठक्कर दिएको थियो। चालक र टिपर जिल्ला प्रहरी कार्यालय गोरखाको नियन्त्रणमा छ।-रातोपाटी

10 Comments

Leave a Reply

Your email address will not be published.