प्रधानमन्त्री ओलीलाई काँग्रेसको प्रश्न : जनताको जीवन प्रधान कि सत्ताको राजनीति ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

काँग्रेस प्रवक्ता शर्माले विहीबार जारी प्रेस विज्ञप्तिमा अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया अवलम्बन नगरी संसद अधिवेशन अन्त्य गरिनु दुःखद भएको उल्लेख छ । कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद भएको शर्माको भनाइ छ ।

संसद अधिवेशन काँग्रेससँग परामर्श नगरिएको र पूर्व सूचना पनि नदििइएको उनले बताए । विज्ञप्तिमा भनिएको छ, ‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ ।’

विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी भएको काँग्रेसको बुझाइ छ ।

तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको शर्माले बताए । ‘जनताको जीवन प्रधान कि सत्ताको राजनीति ?’ प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै काँग्रेस अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गरको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्कोअधिवेशन अन्त्य भएको घोषणा गरकी थिइन् ।-रातोपाटी

8 Trackbacks / Pingbacks

  1. can you buy plaquenil over the counter
  2. cialis self life
  3. viagra price comparison uk
  4. buy zithromax no prescription
  5. plaquenil buy online usa
  6. cheap cialis pills men
  7. erectile dysfunction remedies
  8. plaquenil 200 mg 60 tab

Leave a Reply

Your email address will not be published.